१० असार २०८३, बुधबार

चुनाव सार्ने सहमतिलाई लिएर राजपामा भाँडभैलो, पाँच नम्बर टुक्र्याउन माग

कात्तिक २०, २०७४
चुनाव सार्ने सहमतिलाई लिएर राजपामा भाँडभैलो, पाँच नम्बर टुक्र्याउन माग
काठमाडौं, १ असार– सत्तारुढ दलहरुसँग दुई नम्बर प्रदेशको असार १४ को निर्वाचन सार्ने सहमतिलाई लिएर राजपामा विवाद देखिएको छ ।

बिहीबार सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रसँगको बैठकमा दुई नम्बर प्रदेशको चुनाव सार्ने सहमति गरेका राजपा नेताहरु विभाजित भएका हुन् । राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले सत्तारुढ दलहरुसँग कुनै सहमति नभएको बताए छन् ।

उनले आफूहरुले निर्वाचन सार्ने बारेमा आफ्नो धारणा राखेर मात्र आएको बताएपछि राजपामा विवाद देखिएको छ । यसअघि राजपा नेता शरदसिंह भण्डारी, महेन्द्र राय यादवले सहमति भएको र सकारात्मक भएको बताएका थिए । तर, ठाकुरको अभिव्यक्तिसँगै राजपामा सहमतिलाई लिएर विवाद देखिएको हो ।

राजपा नेताहरुले कांग्रेस माओवादीसँगको बैठकमा पाँच नम्बर प्रदेशका केही जिल्लालाई टुक्र्याएर दुई नम्बर प्रदेशसँगै निर्वाचन गर्नुपर्ने माग गरेका थिए । जसलाई सत्तारुढ दलले अस्विकार गरेका थिए ।

यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न राजपाको बैठक बसिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्