
काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रूपमा गोविन्द रिजाल आएका छन् ।
गृह मन्त्रालयले कालीप्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा रिजाललाई पठाएको हो ।
रिजाल यसअघि प्रशासन महाशाखा प्रमुख थिए ।
पराजुली प्रदेश तहमा खटिने भएकाले केही समय मन्त्रालयमा राखिएको गृह स्रोतको भनाइ छ ।