
एमसीसीको विरोधमा काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेका राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाश कटुवा, मनि सिंखडा, गुण राजभण्डारी, नगेन्द्र देउजालगायतलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ ।