
चीनका राष्ट्रपति सी चिनपिङले चिनियाँ जनमुक्ति सेनाको वेस्टर्न थिएटर कमान्डमा नयाँ जनरल बढुवा गरेका छन् ।
उक्त कमान्डले भारतसँगको सीमाको निरीक्षण गर्छ ।
बेइजिङमा रहेको बायी भवनमा आयोजित समारोहमा सीले पाँजना वरिष्ठ सैन्य अधिकृतलाई जनरल पदमा बढुवा गरेको खबर सिन्ह्वा समाचार संस्थाले दियो ।
वेस्टर्न थिएटरका कमान्डर वाङ हाइजियाङ पनि बढुवा भएका छन् । वाङले जनरल सु छिलिनको स्थान लिएका हुन् । सुले दुई महिना मात्र कार्यभार सम्हालेका थिए ।
सुले जनरल चाङ सुदोङको स्थान लिएका थिए । चाङ उक्त पदमा जम्मा सात महिना रहे ।
हाल बढुवा भएका जनरल वाङले तिब्बत क्षेत्रमा कमान्डरका रूपमा काम गरिसकेका छन् र सिन्ज्याङ क्षेत्रमा डेपुटी कमान्डरको पद पनि सम्हालिसकेका छन् ।
सीले पश्चिमी थिएटर कमान्डमा किन फेरबदल गरिरहेका हुन् भन्ने खुलेको छैन ।