
काठमाडौं, १५ पुस अमेरिकाका राष्ट्रपति बाराक ओबामाले ३५ जना रुसी कुटनीतिक अधिकारीलाई देश निकाला गरेका छन् । उनीहरुमाथि अमेरिकी चुनावमा साइबर हमलाको आरोप लगाइएको छ ।
दुई रुसी केन्द्र बन्द गरिएने भएको छ भने केही व्यक्तिमाथि आर्थिक प्रतिवन्ध लगाइने तयारी अमेरीकाले गरेको छ ।
ओबामाले रुस अमेरिकी अधिकारीलाई दुःख दिएका कारण कठोर कदम चाल्नु परेको बताए । ओबामाले थप कदम चाल्ने समेत बताएका छन् ।
ओबामाले अमेरिका रुसको गतिविधिबाट सचेत हुनुपर्ने बताए ।
उनको यस कदमलाई नवनिर्वाचित राष्ट्रपति डोनाल्ड टम्पको भनाइको जवाफको रुपमा लिइएको छ । उता रुस सरकारका एक प्रवत्ताले रुस अमेरिकाको यस कदमको उचित जवाफ दिने बताए ।
युक्रेनका राष्टपति पेत्रो पोरोशेकोले रुसमा पछिल्लो दुई महिनामा भएका साढे छ हजारमा साइबर हमलामा रुसको प्रत्यक्ष अप्रत्यक्ष हात रहेको बताएका छन् । मस्कोले भने ह्याकिङमा आफ्नो हात नरहेको बताउँदै आएको छ ।