×

NMB BANK
NIC ASIA

अफगानिस्तानमा अन्तरिम मन्त्रिपरिषद्

नयाँ अफगान सरकारमा पाकिस्तान हावी: को हुन् धेरैलाई चकित पार्दै प्रधानमन्त्री बनेका अखुन्द ?

भदौ २३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अफगानिस्तानमा मोहम्मद हसन अखुन्दको नेतृत्वमा ३३ सदस्यीय अन्तरिम सरकारको मन्त्रिपरिषद् घोषणा गर्दा पाकिस्तानको प्रभाव स्पष्ट देखिएको छ । 

Muktinath Bank

तुलनात्मक रूपमा नरम मानिने तथा पश्चिमसँग निकट रहेका भनिएका मुल्ला अब्दुल गनी बारादरलाई अफगानिस्तानको प्रधानमन्त्री बन्न पाकिस्तानले नै रोकेको हो । अनि पाकिस्तानसँग निकट रहेको हक्कानी नेटवर्कका नेताहरूलाई अफगान मन्त्रिपरिषदमा शीर्ष तथा शक्तिशाली स्थान दिइनुमा पनि उसकै हात छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यही प्रयोजनका लागि पाकिस्तानको गुप्तचर निकाय आईएसआईका प्रमुख फाइज हमीद काबुल पुगेका थिए । उनको सकारात्मक संकेतपछि बल्ल अफगानिस्तानमा सरकार गठन सम्भव भएको हो ।


Advertisment
Nabil box
Kumari

तालिबानभित्र नरम दृष्टिकोण राख्ने बारादर तथा मुल्ला याकूबको संघर्ष हक्कानी नेटवर्कका प्रभावशाली दाजुभाइ सिराजुद्दीन र अनस तथा तिनका काका खलिलसँग थियो । बारादर र याकूब सबै जातीय समुदायलाई समावेश गरेर नयाँ मन्त्रिपरिषद् गठन गर्ने पक्षमा थिए भने हक्कानी नेटवर्कले त्यसको विरोध गरेको थियो । अमेरिकासँगको युद्ध आफूहरूले जितेको अनि विजयीले सत्ता सम्हाल्ने हो, अन्यलाई समावेश गर्नुको औचित्य छैन भन्ने तर्क हक्कानीहरूले राख्दै आएका छन् । 

Vianet communication
Laxmi Bank

कतिसम्म भने पंजशिरमा ताजिक विद्रोहीहरूले तालिबानको प्रतिकार गरिरहेकोमा त्यो लडाइँ रोक्न र तालिबान लडाकूलाई फिर्ता बोलाउन बारादरले भनेका थिए । तर हक्कानीहरूले त्यो कुरा मानेनन् । 

पंजशिरका ताजिक लडाकूहरू पाकिस्तानलाई पटक्कै मन पराउँदैनन् । पंजशिरमा रहेका अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले पाकिस्तानलाई भारतसँग हारेको युद्धको स्मरण गराएर आहत नै गराएका थिए । 

त्यसैले ताजिकहरूप्रति नरम दृष्टिकोण राख्ने अनि उनीहरूलाई समेत सरकारमा समावेश गर्ने बारादार लगायतको प्रयासलाई पाकिस्तान तथा उसको कठपुतली हक्कानी नेटवर्कले रुचाउने कुरै थिएन ।

बारादरलाई पाकिस्तानले मन पराउँदैन किनकि उनी पाकिस्तानबाट स्वतन्त्र रूपमा तालिबानको अस्तित्व निर्माण गर्न चाहन्छन् र अमेरिकासँग उनले पहिलेदेखि नै गोप्य वार्ता गर्दै आइरहेका थिए । अफगानिस्तानमा अमेरिकी आक्रमणपछि तालिबानको पतन हुँदा बारादर भागेर पाकिस्तान पुगेका थिए । तत्कालीन हमिद कारजाई सरकारसँग वार्ता गर्न खोजेका बारादरका कारण अफगानिस्तानमा आफ्नो प्रभाव नहुने डरले त्यसलाई रोक्न पाकिस्तानले बारादरलाई सन् २०१० मा पक्राउ गरेको थियो । पाकिस्तानले उनलाई आठ वर्ष आफ्नो कारागारमा राखेको थियो र अमेरिकाको निर्देशनमा कैदबाट छुटाएको थियो ।  

तर अमेरिकासँगको वार्तामा अनि विभिन्न देशको कूटनीतिक भ्रमणमा सहभागी रहेकाले बारदारलाई पूर्णरूपमा शक्तिहीन बनाउन पनि पाकिस्तान असमर्थ रह्यो । त्यसको फाइदा मध्यमार्गी मानिने अखुन्दले उठाए । बारादर भने अखुन्दको वरिष्ठ उपप्रधानमन्त्री पदमा बस्न बाध्य भए । 

अखुन्द लामो समयदेखि तालिबानको शक्तिशाली निकाय रहबरी शुराका अध्यक्ष थिए । तालिबानले सन् १९९६ देखि २००१ सम्म सरकार चलाउँदा उनी परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री बनेका थिए । बामियानमा बुद्धको प्रतिमा ध्वस्त पार्ने आदेश उनैले दिएको बताइन्छ ।

तालिबानका संस्थापक नेता मुल्ला मोहम्मद ओमरसँग निकट रहेका कारण अखुन्दको प्रभाव तालिबानमा बलियो छ यद्यपि उनी धेरै चर्चित व्यक्तित्व भने हैनन् । 

अखुन्दलाई प्रधानमन्त्री बनाउनका लागि तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले जोड दिएको बताइन्छ । 

तालिबानको अन्तरिम सरकार समावेशी नभएको आरोप छ । मन्त्रिपरिषदमा एकजना पनि महिला राखिएको छैन भने पश्तुन जातिकै दबदबा छ । कनिष्ठ उपप्रधानमन्त्री अब्दुल सलमान हनफी उज्बेक जातिका मानिस हुन् तर उनको नियुक्तिले समावेशिता तथा अल्पसंख्यकको प्रतिनिधित्वको मागलाई उचित सम्बोधन गर्ने देखिँदैन । 

अनि यस अस्थायी मन्त्रिपरिषद्का सदस्यहरूको विगत हेर्दा उग्रवादीहरू नै हावी देखिन्छन् । पाकिस्तानसमर्थित हक्कानी नेटवर्कको दबदबा मन्त्रिमण्डलमा स्पष्ट देखिएको छ । 

गृहमन्त्री बनाइएका सिराजुद्दीन हक्कानी अमेरिकाको सुरक्षा निकाय एफबीआईको सर्वाधिक खोजीको सूचीमा रहेका आतंकवादी हुन् र उनलाई पक्राउ गर्नेलाई ५० लाख डलरको पुरस्कार राखिएको छ । 

उनका काका खलिल हक्कानीलाई शरणार्थी मामिलाको मन्त्री बनाइएको छ । त्यस्तै अब्दुल बाकी हक्कानीलाई उच्चशिक्षा मामिला मन्त्री अनि नजीबुल्लाह हक्कानीलाई सञ्चारमन्त्री बनाइएको छ ।

सोभियत संघविरुद्ध लड्नका लागि खडा गरिएका तालिबान र हक्कानी नेटवर्क बेग्लाबेग्लै संगठन भए पनि दुवैको पेट जोडिएको छ । तथापि हक्कानी नेटवर्कले आफ्नो स्वायत्त संगठनलाई बलियो राख्दै आएको छ । 

खासमा तालिबानका संस्थापक मुल्ला ओमर पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको दारुल उलूम हक्कानियामा शिक्षादीक्षा पाएर उग्रवादी बनेका थिए । त्यही हक्कानियाबाट हक्कानी नेटवर्क जन्मेको हो । 

पछि ओमरले बेग्लै तालिबान संगठन बनाए । त्यसलाई पाकिस्तानको आशीर्वाद थियो । तर हक्कानी नेटवर्क नै पाकिस्तानको प्रियपात्र रहिरह्यो । पाकिस्तानमा हक्कानी परिवारको प्रभावशाली उपस्थिति छ । त्यसैको बलबुतामा हक्कानी नेटवर्कले तालिबान संस्थापक मुल्ला ओमरका छोरा याकूबलाई छायाँमा पारेर आफू शक्तिशाली बनेको छ । 

हक्कानी नेटवर्कमार्फत तालिबानलाई नियन्त्रणमा राख्नुमा पाकिस्तानको गहन भूराजनीतिक स्वार्थ छ । यसको पृष्ठभूमिको अलिकति चर्चा गरौं । 

पाकिस्तान र अफगानिस्तानको सीमा बेलायती उपनिवेशले कोरिदिएको हो जसलाई डुरान्ड लाइन भनिन्छ । त्यस डुरान्ड लाइनले पाकिस्तानी पश्तुनहरूको बसोबास रहेको भूमिलाई अफगानिस्तानबाट छुट्ट्याउँछ । 

तालिबान शासनमा आउनुअघिका शासकहरूले डुरान्ड लाइनलाई अस्वीकार गर्ने गरेका थिए । उनीहरूको नजरमा पाकिस्तानले सीमापारि ओगटेको भूभाग पश्तुनिस्तान हो र अफगानिस्तानमा पश्तुनहरूको बाहुल्य भएकाले त्यो भूमि अफगानिस्तानकै नियन्त्रणमा हुनुपर्छ । 

पश्तुनहरूमा आफ्नो जातीय समुदायप्रतिको निष्ठा राष्ट्रियताभन्दा प्रबल छ । त्यस जातीय निष्ठाले भूमि नियन्त्रणका लागि उत्प्रेरित नगरोस् भन्नका लागि पाकिस्तानले जातीयताभन्दा माथि धार्मिकता रहेको कुरामा जोड दिने रणनीति अपनाएको छ । 

सन् १९७१ मा आफ्नो आधा भाग अर्थात् बंगलादेश गुमाएको पाकिस्तान पश्चिमी सीमामा रहेको थप भूभाग गुमाउन कदापि चाहँदैनथियो । त्यसलाई रोक्न उसले इस्लामको हतियार प्रयोग गरेको हो ।

नास्तिक सोभियत कम्युनिस्टहरूविरुद्धको लडाइँमा इस्लाम विजयी हुनेछ भन्ने भाव पश्तुनहरूमा पार्न पाकिस्तानले आफ्ना मदरसाहरूमा पश्तुनहरूलाई कट्टरपन्थी शिक्षा दिएको थियो । त्यसमा साउदी अरबले वित्तीय सहायता उपलब्ध गराएको थियो भने अमेरिकाले पनि हातहतियार सहयोग गरेको थियो । 

सोभियतसँगको लडाइँ जितेपछि अफगानिस्तान गृहयुद्धमा फस्यो अनि सन् १९९६ मा पाकिस्तान समर्थित तालिबान सत्तामा आयो । पाकिस्तानले तत्कालै उसलाई मान्यता दियो । सन् २००१ मा तालिबानको पतनपछि पाकिस्तानले बाहिर देखाउनका लागि तालिबान तथा अलकायदाविरुद्ध अमेरिकालाई सहायता गरेको थियो । 

तर भित्रभित्रै चाहिँ अमेरिकाको पैसा र हातहतियार उसले तालिबानलाई उपलब्ध गराएर बलियो बनाइराखेको थियो । भारतले पाकिस्तानको जातीय तथा भाषिक समुदायहरूलाई उचालेर देशलाई टुक्राटुक्रा बनाउला भन्ने भयका कारण पनि इस्लामाबाद अफगानिस्तानमा आफ्नो समर्थनको सरकार देख्न चाहिरहेको हुन्छ । अहिले हक्कानी नेटवर्कको प्रभुत्व रहेको तालिबान सरकार बनाएर पाकिस्तानले उक्त अभीष्ट केही हदसम्म पूरा गरेको देखिन्छ । 

पाकिस्तानसँग घनीभूत सम्बन्ध बनाएको चीन पनि हक्कानी नेटवर्कको अफगानिस्तानमा प्रभुत्व देखेर खुशी भएको हुनुपर्छ । अफगानिस्तानमा बेल्ट यान्ड रोड इनिसिएटिभ विस्तार गर्न खोजेको अनि त्यहाँको खनिज र दुर्लभ पदार्थमा आँखा लगाइरहेको चीनका लागि पाकिस्तानले रुचाएको हक्कानी नेटवर्क अफगानिस्तानको सत्तामा पुग्नु शुभसंकेत हुनसक्छ । 

तर रक्तबीज जस्ता उग्रवादीहरू सत्तामा आउँदा हत्याहिंसाको सिलसिला रोकिनेछ भनी आशा गर्नु पनि व्यर्थ छ । अनि अफगानिस्तानको मन्त्रिपरिषदमा ३३ मध्ये १७ जना सदस्य आतंकवादीहरूको सूचीमा रहेका व्यक्ति भएकाले संयुक्त राष्ट्रसंघ तथा पश्चिमी मुलुकहरूले यस सरकारलाई मान्यता दिने सम्भावना न्यून छ । मान्यताको अभावमा तालिबानले आर्थिक रूपमा जर्जर बनिसकेको देशमा शासन चलाउनु तरबारको धारमा हिँड्नुसरी हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x