२१ जेठ २०८३, बिहीबार

लण्डन आगलागीमा मत्यु हुनेको सङ्ख्या १७ पुग्यो, ३५ अझैं वेपत्ता

कात्तिक २०, २०७४
लण्डन आगलागीमा मत्यु हुनेको सङ्ख्या १७ पुग्यो, ३५ अझैं वेपत्ता


लण्डन, १ असार - एक जना चर्चित फोटोग्राफर, ६ महिने एउटा बच्चा र इटालीका चित्रकारको एउटा जोडी सहित दर्जनौं व्यक्तिहरु लण्डनको २४–तले भवनमा लागेको आगलागीमा परी हराइरहेका छन् ।britain-fire-london-1024
घटनामा परी अहिले सम्म कम्तिमा १७ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेकोे छ भने मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने प्रहरी अधिकारीले बताएका छन् ।
बुधबार बिहानीपख २४ तले ग्रेनफेल टावरमा लागेकोे आगलागीका कारण झण्डै ३५ जना अझै हराई रहेका विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालले जनाएका छन् ।

उद्वारकार्य जारी रहेको र सो भवनभित्र करिब २०० जनाले बसोबास गर्दै आएको अनुमान गरिएको छ, तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बसोबास गर्ने व्यक्तिको सङ्या २०० भन्दा बढी रहेको थियो ।
प्रहरीका अनुसार सयौँको सङ्रख्यामा बसोबास गरिरहेका कैयौँ व्यक्ति थुनिएर रहेको आशङ्का गर्दै १०० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको छ । आगलागीको कारण अझै प्रष्ट नभएको र अनुसन्धान जारी रहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्