
नेपाली सेनाको टोलीले गैंडाको शिकार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको खड्गदल गणबाट खटिएको टोलीले मुगुको मुगुम कर्मारोंग गाँउपालिका–९ स्थित रोम घर काठमाडौंको बौद्ध बस्ने नाङ्गी तामाङ लामालाई पक्राउ गरेको हो।
उनी विगतमा गैंडा मारी खाग विक्री व्यवसायमा संलग्न रहेको आरोप लागेको छ । अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलाई बुझाइएको सेनाले जनाएको छ ।