११ असार २०८३, बिहीबार

रोकिएन राजपाको आन्दोलन, सिरहामा प्रहरीको गाडीमाथि आक्रमण

कात्तिक २०, २०७४
रोकिएन राजपाको आन्दोलन, सिरहामा प्रहरीको गाडीमाथि आक्रमण

सिरहा, २ असार–सरकारले प्रदेश नम्बर २ मा असोज २ गते तेस्रो चरणमा स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेपनि राष्ट्रिय जनता पार्टीले तराई मधेसमा आफ्नो आन्दोलन रोकेको छैन ।

शुक्रबार बिहानैदेखि तराई–मधेसका जिल्लामा राजपा कार्यकर्ताहरु बजार तथा यातायात बन्द गराउँदै हिडिरहेका छन् ।

राजपा कार्यकर्ताले शुक्रबार बिहानै सिरहाको गोलबजारमा प्रहरीको चढेको बसमाथि आक्रमण गरेका छन् । काठमाडौंबाट प्रहरी कर्मचारी बोकेर सिरहा गएको बसमाथि राजपा कार्यकर्ताहरुले आक्रमण गरेका हुन् ।

राजपाको आन्दोलन स्थगित हुने दावी गर्दै सरकारले बिहीबार २ नम्बर प्रदेशको निर्वाचन असोज २ गते गर्ने निर्णय गरेको थियो । प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते हुने मतदानका लागि उम्मेदवारी गर्ने समय पनि २ दिन पछि (असार ४ गतेका लागि) सार्न निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयका विषयमा छलफल गर्न राजपाले आज केन्द्रीय नेताहरुको बैठक बोलाएको छ । बैठकले सरकारको निर्णयपछि आन्दोलन स्थगित गर्ने या जारी राख्ने भन्ने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्