
नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले सत्ता साझेदार नेकपा (माओवादी)केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।
प्रचण्डलाई भेट्न सुमार शुक्रवार बिहान प्रचण्ड निवास खुमलटार पुगेकी थिइन् । उनको साथमा एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको प्रतिनिधिमण्डल सहभागी थियो ।
भेटमा सुमारले एमसीसीको बारेमा प्रचण्डलाई कन्भिन्स गर्न प्रयास गरेकी थिइन् । एमसीसी कुनै पनि सैन्य रणनीतिअन्तर्गत नरहेको उनको प्रस्टीकरण थियो ।

जवाफमा प्रचण्डले यस विषयमा दलहरूबीच छलफल गरेर साझा धारणा बनाउने बताएका छन् ।
एमसीसी स्वीकार्ने कि नस्वीकार्ने भन्ने निर्णय राष्ट्रिय सहमतिकै आधारमा लिइने जवाफ प्रचण्डले दिएको खुमलटार स्रोतले जानकारी दियो ।
यसअघि सुमारले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतसँग पनि भेटवार्ता गरिसकेकी छन् ।