१५ असार २०८३, सोमबार

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रालयका नियमित एजेण्डामा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकका लागि मन्त्रालयका केही नियमित एजेण्डा रहेको स्रोतले जानकारी दिएको छ । 

बैठकमा अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बारेमा समेत छलफल हुने स्रोतले बतायो ।

एमसीसी अनुमोदनका लागि माहोल बनाउन एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपालमा छिन् । बैठकका लागि केही नियुक्तिको समेत एजेण्डा छन् ।

असार २९ गते प्रधानमन्त्रीको शपथ लिए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

मन्त्रिपरिषद्को बैठकअघि बालुवाटारमा सुरक्षा परिषद्को बैठक बसेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्