०५ असार २०८३, शुक्रबार

पेलेको कीर्तिमान तोडेपछि रोए मेसी

भदौ २५, २०७८
पेलेको कीर्तिमान तोडेपछि रोए मेसी

अर्जेन्टिनाका महान् खेलाडी लियोनल मेसीले बिहीवार विश्वकप छनोट खेलमा ह्याटट्रिक गरेर ब्राजिलका पेलेको कीर्तिमान तोडेका छन् । 

बोलिभियाविरुद्धको खेलमा उनले तीन गोल गरेका हुन् । अर्जेन्टिनाले खेल ३–० ले जितेको हो ।

त्यसक्रममा उनले पेलेको ७७ गोलको रेकर्ड तोडेका हुन् । मेसीको नाममा ७९ अन्तर्राष्ट्रिय गोल छ । पेलेको रेकर्ड तोडेपछि मेसीले आँसु थाम्न सकेनन् ।

ब्युनस आयर्समा २० हजार घरेलु समर्थकका अगाडि ६ पटकका बालोन डीओर विजेता मेसीले १४औं मिनेटमा गोल गरेर पेलेको बराबरी गरेका थिए । त्यसपछि ६४औं मिनेटमा उनले बोलिभियाली डिफेन्सलाई छक्याउँदै गोल गरे । अनि खेल सकिनुभन्दा दुई मिनेटअघि उनले ह्याटट्रिक पूरा गरे । 

salt training

कमेन्ट गर्नुहोस्