२७ जेठ २०८३, बुधबार

कोभिड-१९ : थप ११४६ जनामा संक्रमण, २१ जनाको मृत्यु

कोभिड-१९ : थप ११४६ जनामा संक्रमण, २१ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा एक हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९१६ नमूना परीक्षणमध्ये ९६१ पीसीआर र १८५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यससँगै नेपालमा हालसम्म ८ लाख ६१ हजार ९५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ९२४ पुगेको छ । 

मन्त्रालयका अनुसार थप एक हजार ६६० जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ३६ हजार ६६६ पुगेको छ । 

हाल मुलुकभर २७ हजार ९५८ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्