२३ जेठ २०८३, शनिबार

क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक ५ हजार

भदौ २५, २०७८
क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक ५ हजार

सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर बिरामीलाई उपचार खर्चका लागि मासिक ५ हजार रुपैयाँ दिने भएको छ । 

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ती बिरामीलाई मासिक ५ हजार रुपैयाँ दिने जानकारी दिए ।

अर्थमन्त्री शर्माले भदौ २३ गतेसम्म १ करोड ३३ लाख ५९ हजार मात्रा खोप आइसकेको र करीब ३ करोड मात्रा खोप प्राप्त हुने जानकारी दिए ।

नेपालमा १७ प्रतिशतले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेका छन् । 

उनले सबै नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने सरकारले ५ अर्ब बजेट विनियोजन गरेको बताए ।

अर्थमन्त्री शर्माले चालू खर्चतर्फ बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी, खर्च सीप विकास तथा जनचेतना तालिम र गोष्ठीसम्बन्धी, कार्यक्रम, अनुगमन मूल्यांकन, भ्रमण र विविध कार्यक्रम खर्च शीर्षकमा न्यूनतम १० प्रतिशतका दरले बजेट कटौती र कटौती गर्दा तत्काल बचत हुन जाने देखिएको ५ अर्ब कोभिड–१९ को खोपका लागि प्रबन्ध मिलाएको बताए ।
 
राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्ने परिवारको लागि जीवनवृत्तिबापत मासिक ३ हजार रुपैयाँ प्रदान गर्ने व्यवस्था प्रतिस्थापन विधेयकमा उल्लेख गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्