२३ जेठ २०८३, शनिबार

तेक्वान्दो खेलाडी पलेशा पुरस्कृत

तेक्वान्दो खेलाडी पलेशा पुरस्कृत

बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघले टोकियो पारालिम्किमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रवार नगदसहित पुरस्कृत गरेको छ ।

संघले पूर्व घोषित नगद पुरस्कारसहित पुरस्कृत गरेको हो ।

प्रत्येक ‘बाउट’ जितेवापत संघले २० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । त्यसबापत पलेशाले ४० हजार नगद प्राप्त गरिन् ।

पलेशाले रिपाचेजको पहिलो खेलमा अमेरिका र दोस्रोमा सर्बियाका खेलाडीलाई पराजित गर्दै इतिहास रचेकी थिइन् ।

सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि समान ७–७ हजार नगदसहित पुरस्कृत गरियो ।

नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, संघका अध्यक्ष दीपक गुरुङ लगायतले उनीहरूलाई नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्