
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मनोसामाजिक सुस्वास्थ्यको प्रवद्र्धन तथा आत्महत्या न्यूनीकरणमा ठोस कदम चाल्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कोशिश संस्थाद्वारा विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उाले यसको निराकरणका लागि सबैको साथ र सहयोग अपरिहार्य भएको बताएका हुन्।
सबैको सहकार्यमा आत्महत्या न्यूनीकरणका लागि बहुक्षेत्रीय कार्ययोजनाको निर्णय गरी अविलम्ब कार्यान्वयन गरिनुपर्नेमा जोड दिँदै उनले जीवनलाई जोगाउँदै सुनौलो भविश्यको निर्माण गर्नुपर्छ भन्नेमा आफ्नो व्यक्तिगत एवं मन्त्रालयको तर्फबाट प्रतिबद्धता व्यक्त गरे ।
प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङले मानसिक स्वास्थ्यका बारेमा सरकार संवेदनशील रहेको भन्दै यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन् ।