२६ जेठ २०८३, मंगलबार

डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको अर्को बैठक भुटानमा

भदौ २५, २०७८
डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको अर्को बैठक भुटानमा

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रले आगामी बैठक भुटानमा हुने भएको छ । नेपालमा आज सम्पन्न भएको ७४औँ बैठकले अर्को सत्रको बैठक सन् २०२२ सेटेम्बर ५ देखि ९ तारिकसम्म भुटानमा गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले भाइरस हेपाटाइटिस, एचआइभी तथा यौनरोग नियन्त्रणका लागि दशक मनाउने निर्णयसमेत गरेको छ । यस्तै दक्षिण पूर्वीएशियाली राष्ट्रमा स्वस्थ्य बैठक प्रवद्र्धन गर्ने तथा नसर्ने रोग, मुख र आँखा स्वास्थ्यको रोकथाम तथा नियन्त्रणामा भए गरेका प्रयासलाई थप सुदृढ बनाउनेसमेत निर्णय गरेको उनले बताए ।

विद्यालय स्वास्थ्य प्रवद्र्धनलाई थप प्रभावकारी बनाउने र विश्व स्वास्थ्य सङ्गठनको २०२२–२०२३ को कार्यक्रम र बजेट बैठकले पारित गरेको छ । नेपालले यस बैठकदेखि अर्को बैठकसम्म नयाँ अध्यक्ष नचुनिँदासम्म समितिको अध्यक्षता गर्नेछ । यही भदौ २२ गतेदेखि नेपालमा भर्चुअलरूपमा भएको बैठक आज सकिएको थियो । बैठकमा समेटिएका १० राष्ट्र नेपाल, बङ्गलादेश, भारत, भुटान, श्रीलङ्का, माल्दिभ्स, थाइल्याण्ड, उत्तर कोरिया, इन्डोनेसिया, पूर्वीटिमोरका स्वास्थ्यमन्त्री सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्