०९ साउन २०८३, शनिबार

योगेशले भने- पार्टी प्रवक्ता को हुने भन्ने आउने बैठकले टुंग्याउला

योगेशले भने- पार्टी प्रवक्ता को हुने भन्ने आउने बैठकले टुंग्याउला

नेकपा एमाले नेता योगेश भट्टराईले अहिले पार्टी प्रवक्ता प्रदीप ज्ञवाली नै भएको बताएका छन् । शनिवार बसेको स्थायी कमिटी बैठकबारे जानकारी दिँदै उनले प्रवक्ता को हुने भन्ने आउने बैठकले टुंग्याउने बताएका हुन् । 

‘२०७५ जेठ २ गते प्रवक्ता भन्ने पद थिएन, त्यतिबेला म प्रचार विभाग प्रमुख थिएँ,’ उनले भने, ‘प्रचार विभाग प्रमुखले नै मिडियामा सूचना तथा पार्टीको निर्णय जानकारी दिने भएकाले म नै प्रवक्ता हो कि भन्ने परेको हो ।’

अदालतले एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्काइदिएपछि एमालेले प्रवक्ता पद सिर्जना गरेर प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको उनको भनाइ छ । 

‘अब प्रवक्ता उहाँ हुने कि म हुने भन्ने आउने बैठकले टुंग्याउला, सामान्यतया म प्रचार विभागको काम गर्छु,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्