०५ साउन २०८३, मंगलबार

सिन्धुपाल्चोकमा नेकपा (एस)को १०३ सदस्यीय जिल्ला कमिटी गठन

सिन्धुपाल्चोकमा नेकपा (एस)को १०३ सदस्यीय जिल्ला कमिटी गठन
फाइल तस्वीर।

सिन्धुपाल्चोक जिल्लामा नेकपा (एकीकृत समाजवादी)ले १०३ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । 

नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा (एस)ले आज सोम सापकोटाको संयोजकत्वमा जिल्ला कमिटी गठन गरेर घोषणा गरेको हो । 

जिल्ला कमिटीको संख्या १५१ सदस्य पुर्‍याउने नवगठित जिल्ला कमिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

जिल्ला कमिटीको सहसंयोजकमा इन्द्रमाया गुरूङलाई तोकिएको छ । 

उक्त कमिटीको संयोजन समितिमा भगवती नेपाल, सोम सापकोटा, गम्भीरलाल श्रेष्ठ, सिंहबहादुर विक र नवराज पौडेल रहेका छन् । त्यसै गरी यमबहादुर महतलाई सल्लाहकार बनाइएको छ । 

भगवती नेपाल मेलम्ची नगरपालिकाको उपमेयर हुन् भने सिंहबहादुर विक राष्ट्रिय सभा सदस्य हुन् । 

माधव नेपाल समूह नेकपा एमालेमा रहँदा सिन्धुपाल्चोक नेपालको बलियो पकड भएको जिल्ला मानिन्थ्यो । तर, एमाले विभाजन भएपछि केन्द्र र प्रदेशका सांसद एवं जनप्रतिनिधिहरूले समेत एमालेमै रहने बताएपछि सिन्धुपाल्चोकमा माधव नेपालको उपस्थिति कमजोर बनेको छ । 

एमालेमा रहँदा माधव नेपाल खेमामा रहेका एमाले पोलिटब्यूरो सदस्य एवं बागमती प्रदेशका सांसद अरूण नेपालले विभाजनमा साथ नदिएर एमालेमै रहने भएपछि सिन्धुपाल्चोकमा नेकपा (एस)को शक्ति कमजोर बनेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्