३१ जेठ २०८३, आइतबार

भारतको पतञ्‍जलि हरिद्वारमा मनाइयो हरितालिका तीज

भारतको पतञ्‍जलि हरिद्वारमा मनाइयो हरितालिका तीज

'हाम्रो स्वाभिमान ट्रष्ट'ले पतञ्‍जलि हरिद्वारमा हरितालिका महोत्सव २०७८ मनाएको छ । पतञ्‍जलि युनिटको एक अंग 'हाम्रो स्वाभिमान ट्रष्ट' ले भारतमा रहेका नेपाली-भाषी भारतीय गोर्खाली तथा  प्रवासी नेपालीहरूका लागि मुख्य रुपमा काम गर्दै आइरहेको छ।

स्वामी रामदेव एवम् आचार्य बालकृष्ण महाराजको प्रमुख आतिथ्यतामा आयोजना गरिएको नेपाली महिलाहरूको महान चाड 'हरितालिका तीज २०७८' एक समारोहका बीच ९ सेप्टेम्बरमा पतञ्‍जलिको मुख्यालय उत्तराखण्ड हरिद्वारमा सम्पन्न भएको छ । 

कार्यक्रममा ख्याति प्राप्त नेपाली कलाकारहरू दीपा नारायण झा, बद्रि पंगेनी, मन्जु पौडेल,जुनु गौतमको बेजोड प्रस्तुतिको साथै स्थानीय कलाकारको पनि जोडदार सांस्कृतिक प्रस्तुति रहेको थियो ।

'योग र संगीतको जब मिश्रण हुन्छ, तब मनमा शान्ति,आनन्द र सन्तुष्टि मिल्छ,' बाबा रामदेवले कार्यक्रममा भने । 

साथै हरितालिका तीजको महिमालाई जोड दिँदै आचार्य बालकृष्णले भने, 'देशको सीमा हुन्छ, राजनीतिको सीमा हुन्छ तर संस्कृतिको हुँदैन, हामी नेपाली भाषा बोल्ने दुनियाँभरि जहाँ रहे पनि हामी सबै नेपाली नै हो ।'

salt training

कमेन्ट गर्नुहोस्