१५ असार २०८३, सोमबार

गुजरातका मुख्यमन्त्रीले किन दिए राजीनामा

भदौ २६, २०७८
गुजरातका मुख्यमन्त्रीले किन दिए राजीनामा

 भारतको पश्चिमी राज्य गुजरातका मुख्यमन्त्री विजय रुपाणीले शनिबार आफ्नो पदबाट राजीनामा दिएको अधिकारीहरुले बताएका छन् ।  

रुपाणीले आगामी वर्षको अन्त्यतिर राज्यमा हुने निर्वाचन अगाडि अप्रत्याशित कदममा आफ्नो राजीनामा दिएका हुन्।  

रुपाणीले राजीनामा दिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, “नयाँ उत्साह र नयाँ ऊर्जासहित गुजरातको विकासको यात्रा नयाँ नेतृत्वमा अगाडि बढ्नुपर्छ भन्ने मेरो विश्वास छ । यो कुरालाई ध्यानमा राख्दै मैले गुजरातको मुख्यमन्त्री पदबाट राजीनामा दिएको हुँ ।”

गुजरात भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र संघीय गृहमन्त्री अमित शाहको गृह राज्य हो ।  
 

salt training

कमेन्ट गर्नुहोस्