१० असार २०८३, बुधबार

तीन नम्बर प्रदेशमा ६९ सयले ‘ए प्लस’ ल्याउँदा ६ नम्बरमा ९० जना मात्रै !

कात्तिक २०, २०७४
तीन नम्बर प्रदेशमा ६९ सयले ‘ए प्लस’ ल्याउँदा ६ नम्बरमा ९० जना मात्रै !
काठमाडौं, २ असार – एसईई परीक्षा २०७३ को नतिजा सार्वजनिक भएको छ । अघिल्लो वर्षदेखि जिपीए प्रणाली लागू भएसँगै कुनै विद्यार्थीलाई फेल हुनु पर्दैन । जिपीएमै आएको ग्रेड अनुसार पनि विद्यार्थीले आफ्नो मूल्यांकन आफैं गर्न सक्छन् ।

राष्ट्रिय परीक्षा बोर्डले देशभरका सात प्रदेशको नतिजा प्रदेश अनुसारनै प्रकाशन गरेको छ । उक्त नतिजामा प्रदेश नम्बर तीन ‘अब्बल’ देखिन्छ भने प्रदेश नम्बर सात ‘कमजोर’ देखिन्छ ।

प्रदेश नम्बर ३ मा ६९ सय ७५ जना विद्यार्थीले ए प्लस ग्रेड ल्याएका छन् । प्रदेश नम्बर ६ मा चाहिँ ९० जना विद्यार्थीले मात्रै ए प्लस ग्रेड ल्याएका छन् । तर यसमा सहभागि विद्यार्थीको संख्याले पनि फरक पार्छ ।

प्रदेश नम्बर तीनमा ३ लाख पाँच हजार विद्यार्थी सहभागि थिए भने प्रदेश नम्बर ६ मा चाहिँ ३३ हजार एक सय ९४ जना विद्यार्थी सहभागी थिए । ३ नम्बर प्रदेश राजधानी काठमाडौं सहितको प्रदेश हो भने ६ नम्बर प्रदेश चाहिँ अधिकांश विकट जिल्लाहरु मिलेर बनेको छ ।

एक नम्बर प्रदेशमा ७४ हजार विद्यार्थी सहभागी भएकोमा १२ सय ५५ जना विद्यार्थीले ए प्लस ग्रेड ल्याएका छन् । प्रदेश नम्बर २ मा ६२ हजार विद्यार्थी सहभागि भएकोमा सात सय ६७ ले ए प्लस ग्रेड ल्याए ।

प्रदेश नम्बर ४ मा ४७ हजार विद्यार्थी सहभागि भएकोमा १५ सय ७५ जना विद्यार्थीले ए प्लस ग्रेड ल्याए । पाँच नम्बर प्रदेशमा ७२ हजार विद्यार्थी सहभागी भएकोमा १२ सय ८६ जनाले ए प्लस ग्रेड ल्याए ।

प्रदेश नम्बर ७ मा ४९ हजार विद्यार्थी सहभागी भएकोमा ३ सय ३६ जना विद्यार्थीले ए प्लस ल्याए ।
देशभर कुल ४६२१३६ जना विद्यार्थी परीक्षामा सहभागि भएका थिए । नियमित तर्फ ४४५५६४ विद्यार्थी सहभागि भएको परीक्षा बोर्डले जनाएको छ ।

नियमित तर्फ १२ हजार दुई सय ८४ जनाले ए प्ल ग्रेड ल्याएका छन् । ४२ हजार ४ सय २७ ले ए ग्रेड ल्याएका छन् । ५० हजार ६ सय १६ ले बि प्लस ल्याएका छन् । ६१ हजार ९ सय ५५ ले बि ग्रेड ल्याएका छन् ।

९१ हजार ३ सय १४ ले सि प्लस ग्रड ल्याएका छन् । १ लाख ८ हजार ४ सय ६४ जनाले सी ग्रेड ल्याएका छन् ।
हेर्नुहोस् प्रदेश अनुसारको एसईई नतिजा

salt training

कमेन्ट गर्नुहोस्