×

NMB BANK
NIC ASIA

उपभोक्तामाथि ठगी

खाद्यान्नमा चर्को मूल्यवृद्धि : नियमनकारी मूकदर्शक, अनुगमन कर्मकाण्डी

भदौ २८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

गत हप्ताको शुक्रवार बिहान काठमाडौंको मनमैजु बस्दै आएका माधव तिमल्सिना ‘मर्निङ वाक’मा निस्किएका थिए । 

Sagarmatha Cement
Muktinath Bank

मर्निङ वाककै समयमा उनले एउटा गाडी देखे । गाडीमा धेरै मरेका ब्रोइलर कुखुरा देखिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले त्यतिखेर सामान्य सोधपुछ गरे । ११५ वटा मरेका कुखुरा गाडीमा पाइएपछि तत्कालै प्रहरीलाई फोन गरे । 


Advertisment
Nabil box
Kumari

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष समेत रहेका तिमल्सिनाले तत्कालै प्रहरीलाई बोलाएपछि प्रहरी पनि आइपुग्यो ।

Vianet communication
Laxmi Bank

सामान्य सोधपुछपछि प्रहरी टोलीले तारकेश्वर नगरपालिकाको मनमैजुस्थित दक्षिणकाली कोल्ड स्टोर अगाडिबाट ११५ वटा मरेका कुखुरासहित गाडी र चालकलाई प्रहरी कार्यालय लिएर गयो । 

मञ्चका अध्यक्ष तिमल्सिनाले लोकान्तरसँग भने, ‘म शुक्रवार बिहान मर्निङ वाकमा जाँदै गर्दा त्यस्तो देखेपछि प्रहरीलाई बोलाएँ । अहिले प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।’ 

यो प्रतिनिधि घटना मात्र हो, पछिल्ला दिनमा उपभोग्य वस्तुमा हरेक दिन कैफियत भेटिने गर्छ ।

बजारमा अचाक्ली मूल्यवृद्धि 

पछिल्लो समय बजारमा खाद्यान्न, चिनी तथा तेलको मूल्यमा अचाक्ली वृद्धि भइरहेको छ । बजारमा यी खाद्य वस्तुको मूल्य पसलैपिच्छे फरक–फरक छ भने पसलैपिच्छे उपभोक्ता ठगिँदैछन् । 

कुनै पसलमा आधा लिटर सूर्यमुखी तेलको मूल्य १३० रुपैयाँ पर्छ भने कुनैमा १४० रुपैयाँसम्म पनि तिर्नुपर्छ । यति मात्रै होइन, पछिल्लो समय बजारमा चिनीको मूल्य पनि अस्वाभाविक बढिरहेको छ । 

तरकारी बजारमा पनि मूल्यवृद्धि निकै नै भएको देखिन्छ । १ हप्ताअघि ५५ रुपैयाँ प्रतिकिलो रहेको हरियो खुर्सानीको मूल्य  आइतवार बढेर ७५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

१ हप्ताअघि अधिकतम ५५ रुपैयाँ प्रतिकिलो पाइने तीतेकरेला आइतवार अधिकतम ७५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।
१ हप्ताअघि अधिकतम ५५ रुपैयाँ प्रतिकिलो पाइने तराई परवर अहिले बढेर अधिकतम ६५ रुपैयाँ पुगेको छ ।
लोकल परवरको पनि भाउ बढेको छ । १ हप्ताअघि लोकल परवर ५५ रुपैयाँ प्रतिकिलो पाइनेमा अहिले ७५ रुपैयाँ पुगेको छ ।

पछिल्ला दिनमा अण्डा, मासु लगायतका खाद्य वस्तुमा अचाक्ली मूल्यवृद्धि भएको छ । 

नियमनकारी मुकदर्शक, अनुगमन कर्मकाण्डी !

यसरी बजारमा दिनानुदिन मूल्यवृद्धि हुँदा पनि नियमनकारी निकाय मुकदर्शक बनेको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तिमल्सिनाले अनुगमनमा सरकारी निकाय दिनदिनै हिँडेको देखिए पनि नतिजा ल्याउन नसकेको टिप्पणी गरे । उनले भने, ‘जुन तरिकाबाट बजार अनुगमन हुनुपथ्र्यो, त्यो तरिकाले अनुगमन भइरहेको छैन, सशक्त भएर नियमनकारी निकायले अनुगमन गर्नै सकेका छैनन् ।’

दिनदिनै उपभोक्ता ठगिँदै गर्दा पनि राज्य मुकदर्शक बनेर बसेको टिप्पणी उनले गरे ।

‘कतै मरेका कुखुरा भेटिन्छन्, कतिपय खसी बजारमा बाख्राको मासु बेच्ने, कतै अखाद्य वस्तु बेच्ने गरेका घटना आइरहेका छन्,’ उनले भने, ‘सरकारी संयन्त्रको फितलो अनुगमनले यी कुराहरूलाई नियन्त्रण गर्न सकेका छैनन् ।’

बजारमा अहिले दैनिक रूपमा अनुगमन भइरहेको भए पनि प्रभावकारी नभएको उनको बुझाइ छ । 

उनले भने, ‘विभागले अनुगमन गरेको छ, नगरेको होइन तर त्यो अनुगमन कर्मकाण्डी मात्रै भयो, गर्नका लागि मात्रै गरेको जस्तो भयो ।’

संवैधानिक व्यवस्था र संघीयताको मर्म अनुकूल अहिले मुलुकमा ३ तहबाट बजार अनुगमन गर्ने व्यवस्था छ । 

संघअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, प्रदेश र स्थानीय तहबाट बजार अनुगमन गर्नुपर्ने व्यवस्था छ । 

यद्यपि उपभोक्तालाई यी सबै निकाय सक्रिय भएर उपभोक्ता हितमा लागेको देखिँदैन । 

संघअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पनि कुनै नतिजामुखी बजार अनुगमन गर्न नसक्दा बजारमा समस्या बढ्दै गएको अध्यक्ष तिमल्सिना बताउँछन् ।  

उपभोक्ता अधिकारकर्मी एवं उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष्य ज्योति बानियाँले पनि राज्यले बजारमा आफ्नो शक्तिशाली उपस्थिति देखाउन नसकेको टिप्पणी गरे । 

बजार अनुगमन भइरहेको जस्तो देखिए पनि यथार्थमा अनुगमन नै सही तरिकाले नभएको उनले बताए । ‘अनुगमन केवल अनुगमन बन्यो, कर्मकाण्डी बन्यो,’ उनले थपे, ‘राज्यले बजारमा आफ्नो शक्तिशाली हस्तक्षेप वा अनुगमन गर्न सकेन ।’

सरकार भन्छ – अनुगमन जारी छ, मूल्यवृद्धि स्वाभाविक

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आफूहरूले दैनिक रूपमा प्रभावकारी अनुगमन गरेको दाबी गरेको छ ।

विभागका प्रवक्ता शिवराज सेढाईंले आफूहरूले अनुगमन गरिरहेको दाबी गरे । उनले भने, ‘हामीले निरन्तर बजार अनुगमन गरिरहेका छौं ।’

उनले बजारमा पछिल्लो समय खाद्य वस्तुहरूको मूल्यवृद्धि भइरहेको देखिएको सुनाए । यद्यपि मूल्यवृद्धि स्वाभाविक रहेको उनको दाबी छ । 

‘व्यवसायीहरूले कोरोना महामारी, कच्चा पदार्थको मूल्य बढेको तथा अन्तर्राष्ट्रिय बजारमा समेत मूल्य बढेको सुनाएका छन्, हामीले मूल्यवृद्धि अस्वाभाविक देखिए वा भेटिए मात्र कारबाही गर्ने हो,’ उनले भने ।

उनका अनुसार मूल्यवृद्धिमा राजनीतिक अस्थिरताको कारण पनि एक हो । राजनीतिक अस्थिरताका कारण व्यापारमा मूल्यवृद्धि भइरहेको उनले बताए ।

‘उपभोक्ताले मूल्यवृद्धिबारे धेरै मात्रामा गुनासो गर्नुभएको हामीलाई जानकारी छ तर अनुगमन र मूल्यवृद्धिले एकअर्कामा नजिकको सम्बन्ध राख्दैनन् । हामीले गल्ती भेटिए मात्र कारबाही गर्ने हो,’ उनले भने ।

उपभोक्ता अधिकारकर्मीले अनुगमन प्रभावकारी नभएको आरोप लगाइरहँदा विभाग भने आरोप स्वीकार्ने पक्षमा छैन । विभागका प्रवक्ता सेढाईं भन्छन्, ‘हामीले बजारमा अनुगमन गरिरहेकै छौं, उहाँहरूले आरोप मात्रै लगाउनुभयो, म यो आरोपलाई स्वीकार्दिनँ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x