०५ असार २०८३, शुक्रबार

गैँडाकोटमा भएको दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो

भदौ २९, २०७८
गैँडाकोटमा भएको दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा दुर्घटना हुँदा ज्यान गुमाएका तीनै जनाको पहिचान खुलेको छ । 

ज्यान गुमाउनेमा बर्दियाको बाँसगढी नगरपालिका–८ का ७० वर्षीया माया सुवेदी तथा कञ्चनपुरका ४० वर्षीया रङ्गी तिरुवा र ३५ वर्षीय कृष्ण राना रहेका छन् । 

प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार  सुवेदीको भरतपुर अस्पतालमा तथा तिरुवा र रानाको नयाँ चितवन मेडिकल कजेजमा उपचारका क्रममा मृत्यु भएको हो । 

काँकडभिट्टाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुप–०२–००१ख ११२३ नम्बरको बस र पूर्वतर्फ जाँदै गरेको ना६ख ७१२६ नम्बरको ट्रक आज एकापसमा ठोक्किएका थिए । 

उक्त दुर्घटनामा बस र ट्रकका चालकसहित २७ यात्रु घाइते भएका छन् । घाइतेको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्