×

NMB BANK
NIC ASIA

टेलिकमको ‘भ्वाइस’ सेवामा समस्या, टेलिकम भन्छ – एकैछिन मात्रै हो

भदौ २९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्ला दिनमा नेपाल टेलिकमको ‘भ्वाइस’ सेवामा समस्या देखिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

टेलिकमको मोबाइल नेटवर्कमा कहिले फोन नलाग्ने, कहिले फोनमा बोलिरहँदा बीचमै सम्पर्क टुट्ने समस्याले उपभोक्ता हैरानीमा परेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं उपत्यका र आसपासका जिल्लामा समेत टेलिकमको सीममा समस्या देखिएको छ । 


Advertisment
Nabil box
Kumari

‘टेलिकमको सीममा बोल्दाबोल्दै फोन काटियो,’ एक प्रयोगकर्ताले लोकान्तरसँग भने । 

Vianet communication
Laxmi Bank

यो समस्या एक जनाको मात्र होइन, धेरै उपभोक्ताले यस समस्याबाट प्रभावित भएको गुनासो गरेका छन् । 

साधारण समयमा नेटवर्क देखाइरहने ठाउँमा पनि केही समयमा नेटवर्क हराउने गरेको बताइएको छ ।

कतिपय अवस्थामा फोनमा बोलिरहँदा समेत फोन काटिने गरेको उपभोक्ताको गुनासो छ ।

सोमवार पनि थियो समस्या 

मंगलवार मात्र नभई सोमवार पनि टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो । बिहान करीब १० बजेबाट करीब १ बजेसम्म समस्या देखिएको प्रयोगकर्ताहरूले जनाएका छन् । 

टेलिकमको यस्तो समस्या बेलाबखत आइरहँदा हैरानी खेप्नुपरेको प्रयोगकर्ताले जनाएका छन् ।

टेलिकमले भन्यो – समस्या समाधान भइसक्यो 

टेलिकमले मंगलवार फोनकलमा कुनै पनि समस्या नरहेको जनाएको छ । ‘मंगलवार उपभोक्ताले गुनासो गरेको पनि पाइएको छैन, समस्या पनि फेला परेको छैन,’ टेलिकमका प्रवक्ता राजेश जोशीले लोकान्तरसँग भने । 

उनका अनुसार सोमवार केही समय टेलिकमको नेटवर्कमा समस्या आएको थियो । 

‘हिजो हाम्रो ट्रान्समिसन नेटवर्कमा खराबी भएको थियो,’ प्रवक्ता जोशीले भने, ‘बिहान करीब साढे १० बजेदेखि झण्डै २ घण्टा यस्तो समस्या देखिएको थियो ।’

सोमवार दिउँसो काठमाडौं बाहिरको नेटवर्कमा समस्या आउँदा सबैतिर केही प्रभाव परेको उनले बताए । ‘काठमाडौं बाहिरको नेटवर्कमा समस्या आउँदा अन्य स्थानमा पनि त्यसको असर पर्छ, हिजो करीब २ घण्टाजति यो समस्या आएको थियो,’ प्रवक्ता जोशीले भने ।

देखिएको समस्या सामान्य भएको समेत टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार नेटवर्कको कुनै भागले काम नगर्दा त्यस्तो समस्या आउने गर्छ । टेलिकमले त्यस्तो केही समस्या देखिएमा टेलिकममा खबर गरिदिन समेत आग्रह गरेको छ । 

सकभर समस्या आउनै नदिने र समस्या आएमा पनि यथाशीघ्र समाधान गर्ने गरी काम भइरहेको समेत टेलिकमले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x