११ असार २०८३, बिहीबार

क्यामरुन भिडन्तमा ९ जना सैनिक र चार पृथकतावादीको मृत्यु

भदौ २९, २०७८
क्यामरुन भिडन्तमा ९ जना सैनिक र चार पृथकतावादीको मृत्यु
तस्वीर : एएफपी

क्यामरुनको एंगोलोफोनमा भएका पछिल्ला भिडन्तहरूमा कम्तीमा ९ जना सैनिकको ज्यान गएको सेनाले जानकारी दिएको छ । 

साथै ती भिडन्तहरूमा परेर चार जना पृथकतावादी पनि मारिएका छन् । 

प्राप्त समाचारअनुसार यहाँका पृथकतावादीहरूले पछिल्लो हप्ता गरेको आक्रमण र त्यसमा सेनाले गरेको कारबाहीका क्रममा उनीहरू मारिएका छन् । 

उक्त एंगोलोफोनमा यहाँका पृथकतावादीहरूले पछिल्लो चार वर्षयता हिंसात्मक विद्रोह गरिरहेका छन् । सो क्षेत्रमा यहाँको सेनाले पनि कारवाहीको प्रक्रिया जारी राखेको बताइएको छ । उनीहरूले यहाँ अलग्गै राज्यको माग राखेर पृथकतावादी आन्दोलन चलाइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्