
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । दिउँसो ३ बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
सरकारले संसदमा पेश गरेको बजेट प्रतिस्थापन विधेयक पारित हुन समय लाग्ने भएकाले राज्यको सम्पूर्ण खर्च केही दिन रोकिने अवस्था आएको छ । मन्त्रिपरिषद्बाट यस विषयमा छलफल हुनेछ ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बजेट प्रतिस्थापन विधेयकमा प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरोध गरेको कारण छलफल हुन सकेको छैन ।
मन्त्रिपरिषद्को बैठक नियमित भएकाले विभिन्न मन्त्रालयबाट आउने नियमित एजेण्डामा नै छलफल हुने बताइएको छ ।