१७ असार २०८३, बुधबार

अफगान सेना र सरकारी कर्मचारीविरुद्ध तालिबानको बर्बरता कायम रहेको राष्ट्रसंघको भनाइ

भदौ २९, २०७८
अफगान सेना र सरकारी कर्मचारीविरुद्ध तालिबानको बर्बरता कायम रहेको राष्ट्रसंघको भनाइ

अफगानिस्तानमा तालिबानले पूर्व सैनिक तथा सरकारी कर्मचारीहरूविरुद्ध प्रतिशोधात्मक आक्रमण गरिरहेको संयुक्त राष्ट्रसंघले बताएको छ । 

एउटा भिडियोमा तालिबान लडाकूहरूले युवकहरूलाई कारको डिकीमा कोचिरहेको देखिएको छ । 

सोमवार राष्ट्रसंघको मानवअधिकार परिषदमा बोल्दै मिशेल ब्याचेलेटले तालिबान लडाकूहरू घरघर गएर पूर्व सरकार वा अमेरिकालाई सहायता गर्ने मानिसहरूलाई खोजिरहेको विश्वसनीय जानकारी आफूले पाएको बताइन् । 

‘पहिलेको प्रशासनमा काम गर्ने अधिकारी तथा तिनका परिवारका सदस्यलाई स्वेच्छाचारी थुनामा राखिएको छ,’ उनले बताइन् । ‘कुनै बेलामा अधिकारीलाई छोडिएको छ भने अरू बेलामा उनीहरूलाई मारिएको पनि छ ।’

एउटा भिडियोमा काबुलको सालाङ वात भन्ने ठाउँमा पंजशिरीहरूलाई तालिबान लडाकूहरूले कारको डिकीमा कोचेको देखिएको छ । 

पंजशिरमा ताजिक समुदायका मानिसले तालिबानको प्रतिकार गरेका थिए । काबुलमा रहेका पंजशिरीलाई त्यसैकारण तालिबानले सजाय दिनका लागि बन्दी बनाएको हुनसक्छ । 

ब्याचेलेटका अनुसार, विभिन्न व्यक्तिमाथि आक्रमण र धाकधम्की बढिरहेको राष्ट्रसंघका कर्मचारीहरूले बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्