०४ असार २०८३, बिहीबार

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-७ काँडाघारी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१० घर भएका ३९ वर्षीय दीपक कार्कीलाई सोमवार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटन ललितपुरको २०७६ फागुन १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद तथा ३० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं काडाँघारीबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको उक्त महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्