२६ असार २०८३, शुक्रबार

संसदको ठूलो दल विभाजनमा मतियार बनेकोले सभामुखलाई मानिरहने अवस्था रहेन : ओली

संसदको ठूलो दल विभाजनमा मतियार बनेकोले सभामुखलाई मानिरहने अवस्था रहेन : ओली
फाइल तस्वीर।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको सबभन्दा ठूलो दल विभाजनमा षड्यन्त्रकारीको मतियार बनेकोले सभामुखलाई मानिरहने अवस्था नरहेको बताएका छन् । 

संसदमा एमालेले गरिरहेको आन्दोलन जायज काम भन्दै त्यो जारी रहने उनले बताए । 

झापाका अगुवा कार्यकर्ता भेलालाई मंगलवार बिर्तामोडमा सम्बोधन गर्दै ओलीले एमालेले कारवाही गरेका सांसदलाई राखेर संसद चलाएकोले आफूहरूले विरोध गर्नुपरेको बताएका हुन् ।

‘हाम्रो पार्टी फुटाउनको लागि चलिरहेको अधिवेशन बन्द गरियो, अधिवेशन बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम भयो । पार्टी फुटाउने पूर्व नियोजित षड्यन्त्र हो, अध्यादेश ल्याउनका लागि अध्यादेश ल्याउने कुरा जालीझेली कुरा हो, असंसदीय कुरा हो,’ ओलीले भने, ‘संसदको सबभन्दा ठूलो दल विभाजन गर्न सभामुख संलग्न भएको हुनाले, षड्यन्त्रमा सामेल भएको र षड्यन्त्रकारीको मतियार भएको हुनाले उनलाई सभामुख मानिरहने अवस्था रहेन ।’ 

साउन ३२ गते निकालेकालाई सांसदको रुपमा राखेपछि आफूहरूले सभामुखको भूमिकामा प्रश्न उठाएको बताए । ‘गैर सांसदलाई बाहिर राखेर संसद चलाउन सकेनन्, गैर सांसदलाई राख्न नमिल्ने कानून छ । हामीले बलमिच्याइँलाई अस्वीकार गरेको हो । संसदमा विरोध जायज कायम गरेका हौं, विरोध जारी रहन्छ ।’ 

ओलीले चुनाव सम्झेर अरू दल थर्रर कामिरहेको टिप्पणी गरे । ‘एमालेलाई चुनौती दिने भन्दैछन्, केही तीतेपाती र सालको रुखको तुलना हुन्छ र ?,’ ओलीले भने । 

एमाले कमजोर भएको ठानेको भए फागुनमै स्थानीय तहको चुनाव सुनिश्चित गर्न सरकार र कांग्रेसलाई चुनौती दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्