०५ असार २०८३, शुक्रबार

डुबेर तीन जनाको मृत्यु

डुबेर तीन जनाको मृत्यु
सांकेतिक तस्वीर।

सिन्धुली, कपिलवस्तु र मोरङमा गरी डुबेर तीन जनाको मृत्यु भएको छ । 

सिन्धुली, दुधौली नगरपालिका-३ स्थित कमला खोलामा डुबेर सोही ठाउँस्थित कोनही बस्ने ११ वर्षीय एलिस माझीको सोमवार दिउँसो मृत्यु भएको छ । साथीहरूसँग पौडी खेल्न गएको अवस्थामा उक्त खोलामा डुबेर एलिसको मृत्यु भएको हो । 

कपिलवस्तु, कृष्णनगर नगरपालिका-६ भिल्मी बस्ने ५६ वर्षीया सुरमती पासीको पोखरीमा डुबेर सोमवार दिउँसो मृत्यु भएको छ । आफ्नै घर नजिकै सार्वजनिक पोखरीको डिलमा घाँस काट्ने क्रममा पोखरीमा लडेर डुब्दा उनको मृत्यु भएको हो । 

मोरङ, सुन्दरहरैचा नगरपालिका-८ न्यौपाने चोकका ४ वर्षीय आयुस मण्डलको डुबेर सोमवार  दिउँसो मृत्यु भएको छ । 

आफ्नै घर अगाडि खेल्ने क्रममा नालामा डुबेर अशक्त भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्