१५ असार २०८३, सोमबार

सुवास नेम्वाङले भने- सभामुखप्रतिको आशंका कायमै छ

सुवास नेम्वाङले भने- सभामुखप्रतिको आशंका कायमै छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखप्रति आफूहरूको आशंका कायम रहेको बताएका छन् । 

प्रतिनिधिसभाको मंगलवारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)माथि भेदभाव गरेकाले उनीप्रति आशंका भएको बताएका हुन् । 

नेम्वाङले सभामुखले औपचारिकताका लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै उनले आफूहरूले सभामुखलाई लगाएको आरोपलाई सभामुखले पुछ्नुपर्ने बताए । 

सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको पनि उनले बताए । 

‘सभामुखमाथि हाम्रो आशंका छ । सभामुखजीले ल आऊ बैठक भनेर औपचारिकता पूरा गर्दा हामी जानुको कुनै अर्थ छ ?,’ उनले भने । 

उनले सत्तापक्षको ढंग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको टिप्पणी गरे । प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडि बढ्नुपर्ने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्