०४ असार २०८३, बिहीबार

विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटियो

भदौ ३०, २०७८
विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटियो
प्रतिकात्मक तस्वीर

गुल्मीमा विद्युत् महसुल नबुझाउने २९ ग्राहकको लाइन काटिएको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीले रेसुङगा नगरपालिकाका २८ र इस्मा गाउँपालिकाका १ जनाको लाइन काटेको हो ।

लाइन काटिएका ग्राहकले कूल ६ लाख ५६ हजार १६.४२ बुझाउन बाँकी रहेको प्राधिकरणका प्राविधिक पदम थापाले जानकारी दिए ।

लाइन काटिसकेपछि २३ जना ग्राहकले बुझाउनुपर्ने रकम ४ लाख ६ हजार बुझाइ लाइन जोडी दिनका लागि कार्यालयमा निवेदन दिएको थापाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्