
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रुपन्देहीको भैरहवा पुगेका छन् ।
बुटवलमा आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली बुधवार दिउँसो रुपन्देही पुगेका हुन् ।
बिहान ११ बजे शुरू हुने भनिएको सभालाई सम्बोधन गर्न बिहानै रुपन्देही जाने तयारी भए पनि मौसममा खराबीका कारण ओली दिउँसो २ बजे मात्र भैरहवामा पुगेका हुन् ।
उपमहासचिव विष्णु पौडेल पनि ओलीसँगै रुपन्देही पुगेका छन् । कार्यकर्ता भेलालाई अध्यक्ष ओली, उपमहासचिवद्वय पौडेल र घनश्याम भुसालले सम्बोधन गर्दैछन् ।
अध्यक्ष ओलीले मंगलवार मात्र गृहजिल्ला झापाका कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए ।