डडेल्धुरा, ३ असार -प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्लामा स्थानीय निकायको निर्वाचनमा उम्मेदवार छनौट विवादले खेलाबैला मच्चिएको छ । विवाद कांग्रेस सभापति समेत रहेका देउवा समक्ष पुगे पनि समाधान हुन सकेको छैन् ।

जिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल र निवर्तमान सभापति रघुवर भट्ट पक्षबीच उम्मेदवार छनौटमा देखिएको विवाद छताछुल्ल भएको छ । दुबै पक्ष देउवाको छत्रछायाँमा हुर्केका भए पनि पछिल्लो पटक उम्मेदवार छनौटमा पानी बाराबारको अवस्थामा पुगेका छन् । मल्ल पक्षले एकलौटी रुपमा जिल्लामा ‘टिकट’ वितरण गरेको आरोप लगाएको छ । भट्ट पक्षले भने विधिअनुसार उम्मेदवार छनौट गरेको दाबी गरेको छ । विवाद यतिसम्म चुलिएको छ कि वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार छनौटमा मल्ल पक्ष सहभागी भएको छैन, कान्तिपुरमा खबर छ ।