काठमाडौँ, ३ असार- पारस्परिक कानुनी सहायता ऐनअनुसार पहिलोपटक विदेशी सुरक्षाकर्मीले नेपाल आएर अनुसन्धान गरेका छन् । फ्रान्स प्रहरीले यौन दुराचारसम्बन्धी एक घटनाको नेपाल आएर अनुसन्धान गरेको हो, आजको नयाँ पत्रिकामा खबर छ ।

फ्रान्समा पक्राउ परेका जेरार्ड फिलिपबारे अनुसन्धान गर्न फ्रान्सेली प्रहरीको टोली नेपाल आएको हो । करिब एक साता लामो अनुसन्धानपछि टोली गत साता स्वदेश फर्किएको छ । कुख्यात फ्रेन्च बालयौन दुराचारी फिलिप पटक–पटक नेपाल आएको खुलेपछि यहाँ उनको गतिविधि अध्ययन गर्न फ्रेन्च प्रहरी नेपाल आएको हो । अनुसन्धानका क्रममा उनले १४ जना बालकमाथि यौन दुव्र्यवहार गरेको खुलेको छ ।