×

NMB BANK
NIC ASIA

पति विनोदसँग करिश्माको विवादः मिडियाले ‘केटी’ बनाउन खोजे

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, ३ असार— उमेरले चालीस कटिसकेकी नायिका करिश्मा मानन्धरको सौन्दर्यलाई लिएर अहिले पनि चर्चा हुने गर्छ । सयौं नेपाली सिनेमामा अभिनय गरिसकेकी यी नायिका पछिल्लो समय रंगीन दुनियाँमा भन्दा राजनीतिक दुनियाँमा बढी देखिन थालेकी छन् ।

कक्षा ८ मा पढ्दा नै अभिनय गर्न थालेकी करिश्माले अभिनेत्री बनेपछि पढाइलाई भन्दा अभिनयलाई नै बढी महत्त्व दिइन् । चलचित्र निर्माता विनोद मानन्धरसँग बिहे गरेको पनि लगभग २७ वर्ष पुग्न लाग्यो ।

चलचित्र ‘कस्तुरी’ निर्माण गर्ने क्रममा विनोद मानन्धरले बिहेको प्रस्ताव गरेका थिए करिश्मालाई । किशोरावस्था अर्थात् १८ वर्षको उमेरमै बिहे गरेकी नायिका मानन्धरको वैवाहिक जिन्दगीको रथ एकसाथ दौडिरहेको छ ।

फिल्मको सिलसिलामा बेलायत पुग्दा विनोदले राखेको प्रस्तावलाई उनले नकार्न सकिनन् । करिश्माकी आमाले पनि बिहेका लागि सहमति जनाइन् । अहिले बिहे गरेको पनि २७ वर्ष भइसक्यो ।

तर बेलाबखत मिडियामा करिश्मा र विनोदको बारेमा विभिन्न खालका समाचारहरू आइरहन्छन् । स्थानीय तहको पहिलो चरणको चुनावको समयमा करिश्मा–विनोद जोडीको विवादबारे बाहिर हल्ला भयो ।

विनोदका कारण भोट हाल्न नपाएको भन्दै करिश्माले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेखेपछि त्यस विषयले धेरैको ध्यान तान्यो ।

त्यसभन्दा अघि गत वर्ष डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीमा लागेपछि करिश्मा मानन्धरको विषयलाई लिएर विभिन्न खालका समाचारहरू बाहिरिए ।

यस्तासम्म हल्ला बाहिर आए, करिश्मा नयाँ शक्तिमा लागेदेखि नै विनोदले करिश्माको विरोध गर्दै आइरहेका छन् ।

तर गत हप्ता नयाँ शक्तिको प्रथम वार्षिकोत्सवमा करिश्माका पति विनोद सहभागी मात्र भएनन्, जेरीको कोसेली बोकेर बाबुरामलाई बधाई दिन पुगे । विनोदसँगै उनका अन्य केही साथी पनि उक्त कार्यक्रममा उपस्थित थिए ।

केही समयअघि चुनावमा भोट हाल्न नपाएको झोंकमा करिश्माले लेखेको स्टाटसले करिश्मा र विनोदको पारिवारिक सम्बन्ध बिग्रेको भन्ने आशयका समाचारले पनि राम्रै बजार ततायो । तर स्वयं करिश्मा मानन्धर भने आफूहरूबीच त्यस्तो कुनै झगडा नभएको बताउँछिन् ।



गत मंगलवार बबरमहलस्थित नयाँ शक्तिको पार्टी कार्यालयमा श्रीमान् विनोदसँगै भेटिएकी करिश्मा मानन्धरले विश्वसनीय भनिएका कतिपय सञ्चारमाध्यमले समेत गलत समाचार प्रवाह गरेर आफूलाई पीडा दिएको आरोप लगाइन् ।

‘मैले श्रीमानलाई सोधेर नै फेसबूकमा उक्त स्टाटस लेखेकी थिएँ । मिडियामा त्यही कुरालाई व्यक्तिगत भन्दै लेखियो,’ उनले लोकान्तरसँग भनिन्, ‘विनोदजी र मबीच कुनै वादविवाद भएको छैन । यो सबै हल्ला मात्रै हो ।’

करिश्माको स्टाटसका आधारमा विभिन्न खालका समाचार बाहिरिए । तर परिवारमा त्यस्तो कुनै विवाद नभएको करिश्मा बताउँछिन् ।

‘हामीबीच कहिल्यै झगडा थिएन, घुर्की लगाउन मात्र स्टाटस लेखेकी हुँ,’ उनले थपिन्, ‘मैले विनोदजीलाई सचेत मात्र बनाएकी हुँ किनकि उहाँले समयमा गर्नुपर्ने काम गरिदिनुभएन ।’

करिश्मा र विनोदबीच विभिन्न समाचार आएपछि करिश्मालाई उनकी छोरीले अमेरिकाबाट नै फोन गरेर सोध्न थालिन्, ‘मम्मी ह्वाट्स गोइङ अन ?’

करिश्माले भनिन्, ‘केही भएको छैन, छोरी ।’

मिडियाले उक्त स्टाटसलाई आधार बनाएर आफूहरूबीच सम्बन्धविच्छेद नै गराउन खोजेको करिश्मा बताउँछिन् । ‘अहिले आएर मलाई भर्खरकी केटी नै बनाइदिएका छन् ।

सत्ताईस वर्ष लामो वैवाहिक जिन्दगीमै आँच पु–याउन खोजिरहेको जस्तो लाग्यो’, उनले गुनासो गरिन्, ‘म केटी होइन नि । महिला हो । उहाँहरूले मलाई केटी सोच्नुभयो जस्तो छ । के गर्न हुन्छ, के हुन्न भन्ने त मलाई पनि थाहा छ नि ।’

सामाजिक सञ्जालमा आएका विभिन्न टिप्पणीलाई विनोदले भने सामान्य रूपमा लिएका छन् किनकि यस्ता हल्ला बेलाबेलामा चलिरहन्छन् भन्ने उनले बुझिसकेका छन् । छोरी कवितालाई पनि उनीहरूले त्यही भन्ने गर्छन् ।

करिश्माको राजनीतिक यात्राको शुरुवातसँगै उनका केही फ्यानले समेत गलत रूपमा टिप्पणी गर्न थालेका छन् । यसको कारण अरू केही नभएर राजनीतिप्रतिको वितृष्णा हो भन्ने बुझेकी छिन् करिश्माले ।

‘मैले विनोदजीलाई मेरो श्रीमान् होइन, साथी हो भनेर हजारपटक भनिसकें । अहिले मिडियाले यही कुरालाई विनोद मेरो श्रीमान् नै होइन भन्ने अर्थमा समाचार लेखेछन्,’ उनले यतिखेर हाँसेरै भनिन्, ‘पहिले साथी भन्दा केही फरक नपर्ने, अहिले म पार्टीमा लागेपछि भएर साथी भन्दा किन आपत्ति ?’

‘विनोदजी र मेरो घर बिग्रे नेपाली खुशी हुन्छन् त ?’ उनले थपिन्, ‘हामी त सम्झौता गरौंला तर छोरीलाई तनाव हुन्छ नि ।’

करिश्मा भन्छिन्, ‘हाम्रो झगडा हुँदैन । झगडा गर्ने फुर्सद पनि हुँदैन ।’

करिश्माका श्रीमान् अर्थात् निर्माता विनोद मानन्धर पनि यो कुराको खण्डन गर्छन् । ‘छोराछोरी आफ्नो प्यारो हुन्छ, श्रीमती अर्काको प्यारो हुन्छ भनेर मैले भनेको कुरालाई मिडियाले धेरै तरिकाले प्रस्तुत ग–यो, मैले स्वाभाविक अर्थमा भनेको हुँ,’ विनोदले स्पष्ट पार्दै भने, ‘हामीबीच झगडा नै भएको छैन, हामी सधैं मिलेकै छौं ।’

नाम चलेका व्यक्तिकै बारेमा विभिन्न हल्ला चल्छन् भन्दै विनोद भन्छन्, ‘यस्ता हल्ला आइरहन्छन्, आफैं सेलाउँछन् ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x