मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
अपार उत्साहसाथ जनता नै सम्प्रभु भएर जारी संविधानले नेपालीहरूको सुदूर भविष्य बोकेको छ । यो नेपाली मात्रको आन्तरिक सहभाव र स्थीर भविष्यका गतिशील मार्गचित्र हो, जसको चाहना नेपाली जनताले साठी वर्ष अघिदेखि गर्दै आएका थिए र २०७२ आश्विन ३ मा मात्र पूरा भयो ।
नेपाली जनताले नै लेखेको नेपालको संविधानमा तीन मौलिक विशेषता राखेको छ । पहिलो, सङ्घीय गणतान्त्रिक लोकतन्त्र, दोस्रो, राज्यको पुनसंरचना र तेस्रो, सामाजिक समावेशिता ।
एकात्मक शासन प्रक्रियालाई परिवर्तन गरी शासकीय तहहरूलाई संवैधानिक रूपमा नै अधिकार, जिम्मेवारी र साधनस्रोतको अभ्यास गर्ने, तहहरूबीच नियन्त्रण र सन्तुलन गर्ने, आधारभूत विषयमा साझा स्वीकार्यता साथ तहगत सहकार्य गर्ने नेपाली मौलिकताको सङ्घीयता संविधानले स्थापना गरेको छ । यो अभ्यासमा रहेको द्वय, त्रयीभन्दा पनि सहशासनको संघीयता हो ।
साथै यो अनुभव र आवश्यकताभन्दा पनि नेपालीहरूको अपेक्षाको शासन पद्धति हो । शासकीय संरचनाहरू धेरै भएपछि सरकार घर आगनमा आइपुग्छ र लोकतन्त्रको वितरण वितरण सहज हुन्छ भन्ने भावना यसका पृष्ठभूमिमा छन् । सबैखाले समस्याको एकमुष्ट समाधान यसले दिन्छ भन्ने बुझाइ पनि यसका पछि रहेका छन् ।
राज्य पुनसंरचना राजकीय शक्तिको मात्र पुनसंरचना होइन, न राजनीतिक संस्थाहरूको मात्र पुनसंरचना हो । राज्य पुनसंरचनाअन्तर्गत राज्य संरचनाभित्र र बाहिरका पात्रहरूको सम्भावना र क्षमताको स्वाधीन उपयोग गरी आर्थिक समृद्धि र सामाजिक रूपान्तरण गर्दै राष्ट्रिय विकास मजबुत बनाउने अभिष्ट संविधानले राखेको छ ।
यसर्थ पुनःसंरचनाकोे अर्थ राजनैतिक शक्ति–संरचनाको विकेन्द्रीकरणमात्र होइन । समग्र सामाजिक, राजनैतिक, आर्थिक कार्य प्रक्रियाको पुनसंरचना हो । मौजुदा निर्णय प्रक्रिया, आर्थिक–उत्पादन प्रक्रिया र सामाजिक मूल्य संस्कृतिको पुनसंरचना हो । अझ स्थानीय तहदेखि नै आर्थिक संरचनाको निर्माण/प्रबलीकरण पुनःसंरचनाको सबैभन्दा महत्वपूर्ण छ, किनकी यसलै विकास र समृद्धिलाई आधार दिन्छ ।
सामाजिक समावेशिता यस्ता राष्टि असभष्ट हो जसले समाजमा रहेका सवै मानिसलाई आफू त्यस समुदायको मूल्यावान सदस्य हुँ भन्ने गर्ववोध गर्नसक्छ । अवसर, शक्ति र स्रोत अभ्यासमा सबै नागरिकहरू समान रूपमा क्रियाशील भएर/गराएर नै समाजिक समावेशिता प्राप्त गर्न सकिन्छ ।
समाजमा शदिऔंदेखि रहँदै आएका मूल्य मानकहरू परिवर्तन गरी शासकीय, आर्थिक, सामाजिक र सांस्कृतिक लाभहरू समन्यायिक उपयोग गर्ने वातावरण उपलब्ध गराएर नै सामाजिक समावेशिताको अर्थवत्ता पूरा हुनसक्छ । संविधानले समाजको बिम्ब, जहाँ समाजका सबैको जेजस्तो रूपराग छ, त्यसको मिनिएचर राज्यका सबै स्थान, प्रक्रिया र अवसरमा देखियोस् भन्ने अभिष्ट राखेको छ ।
संविधानका मौलिकतालाई सहकारिता, समन्वय र सहअस्तित्वका सिद्धान्तमा अभ्यास गर्ने आधारभूत सोचका कारण नै नेपालको संविधान विशिष्ट, मौलिक र नेपालीहरूको सुदूर भविष्यको बिम्ब भनिएको हो । जुन बिम्बमा राज्यका तहहरूमात्र होइन, समाजका सबै अंग प्रत्यंग अवसर र सम्भावनाको अभ्यासमार्फत आफनो भविष्य रच्न सक्छन् ।
त्यसैले नेपालको संविधान आन्तरिक सहभाव र सुरक्षित भविष्यको गतिशील चित्र हो । यो तत्कालीन शक्ति सन्तुलनको सम्झौता मात्र होइन, सुदूर भविष्य सम्मको समृद्धिको साझा संकल्प हो । यसलाई कानूनी वा राजनैतिक दस्तावेज मात्र सोचिनुहुँदैन, नेपालीहरूको सपना सुरक्षित र गतिशील बनाई नेपाली गर्वबोध गर्ने उत्साहको अभिव्यक्तिका रूपमा लिनुपर्छ ।
संविधान जारी गर्दाका क्षण नेपालीहरूमा देखिएको उत्साहलाई भविष्यपर्यन्त कायम गरेर नै संविधानका अभिष्ट पूरा गर्न सकिन्छ । संविधान कार्यान्वयन गरेर नै जनताका भावनाहरूलाई गतिशील रूपमा पूरा गर्न सकिन्छ । राज्यका संरचना र विशेषतः राज्य सञ्चालनको मियोका रूपमा रहने राजनीतिक दलहरूको निष्ठायुक्त सक्रियतामा नै संविधान कार्यान्वयन हुने गर्दछ ।
समाजका अन्य पक्ष पनि संविधान कार्यान्वयन गर्नमा क्रियाशील हुन्छन्, तर राजनैतिक स्रोत परिचालन जति सक्रिय, संस्कारयुक्त र असल भयो, त्यसैको सापेक्षमा संविधानको कार्यान्वयन हुन्छ । राजनैतिक स्रोत परिचालन भनेका असल संस्कृति, स्वस्थ प्रतिस्पर्धा र सहनशीलतासाथ राज्य निर्माणको प्रक्रिया हो, जुन निरन्तर सतत रहन्छ । यो स्वयं जवाफदेहिता र आत्मिक निष्ठाको प्रक्रिया पनि हो ।
संविधानका अक्षरहरू त्यसै कार्यान्वयन (गतिशील) हुँदैनन्, राज्यका अंगहरूले त्यसमा जीवन भर्ने हो । असल राज्य प्रक्रिया, निष्ठा र नैतिकवान पात्रहरू भएमा संविधानका अक्षरहरू ओजिलो हुने गर्दछन् । इमान्दार र सक्षम पात्रहरू भएमा संविधानका प्रावधानहरू सामान्य भए पनि गहकिला परिणाम दिन सक्छन्, विपरीतमा उत्कृष्ट प्रावधानहरू पनि बेअर्थी बन्ने गर्दछन् ।
पात्रहरूको शक्तिअन्धता र महत्त्वाकांक्षा हुँदा संविधान डिरेल हुने इतिहासले सम्पुष्टि गरेको छ । त्यसैले संविधानलाई उत्कृष्ट बनाउने, संविधानका प्रावधानलाई चिल्याउने भनेको राज्य संयन्त्रका पात्रहरू, विशेषतः राजनीतिज्ञको निष्ठा र नियतमा भर पर्दछ । सुन्दर गणतन्त्र स्थापना गरेपनि नेपोलियन बोनापार्टको उग्र महत्त्वाकांक्षाले फ्रान्सको गणतन्त्रलाई पुनः रक्तपाततर्फ नै पुर्यायो ।
वोल्सेभिक क्रान्तिपछि लोकतन्त्रको रुसी उत्साहलाई भ्लादिमिर इल्यिच लेनिनको महत्त्वाकांक्षाले ‘साम्यवादी गणतन्त्र सामान्यभन्दा उच्चस्तरको प्रजातन्त्र हो’ भन्दै लामो समय सोभियत सङ्घ निरंकुशताको अँध्यारो ओडारमा फस्यो र शीतयुद्धकालीन विश्वका कतिपय मुलुकको लोकतन्त्रलाई चिथोरिरह्यो । पाकिस्तानलगायत कलिला लोकतन्त्रले त्यही हविगत भोग्नुपयो ।
समाकालीन विश्वमा पनि निर्वाचित निरंकुश पात्रहरूले दक्षिणपन्थलाई अवलम्बन गरी लोकतन्त्रलाई आमजनताको वस्तु (जीवनशैली) बन्न रोकिरहेका छन् । कतिपय उत्कृष्ट संविधानहरू आफैँले जन्माएका पात्रहरूबाटै आफ्नो उपहास अनि अतिक्रमण सहिरहेका छन् ।
संविधानको सम्मान यसका पात्रहरू, राज्य संरचनाका नेतृत्वकर्ता र शक्ति अभ्यासकर्ताले गर्ने हो । संविधान सुरक्षित भएमा संस्था र पात्रहरू झनै सम्मानित हुन्छन् । असल राजनेता संविधानको सम्मान गरेर आफैँ सम्मानित हुन्छन् । राज्यकौशल प्रदर्शन गर्ने नेताहरूकै कारण अमेरिका ‘संयुक्त राज्य अमेरिका’ बनेको हो, थोमस जेफर्सन, बेञ्जामिन फ्रेन्कलिन, जेम्स मेडिसन, जर्ज वासिङ्टनलगायतका नेताहरूको राज्यकौशलका कारण त्यो ‘संयुक्त भावना’ आजपर्यन्त छ र सुदूर भविष्यसम्म विश्व राज गर्ने शक्ति आर्जन गरिरहेको छ । नेल्सन मण्डेला राज्य कौशलका कारण विश्वकै लोकतान्त्रिक स्टाटस सिम्बोल बने ।
उनलाई रुघा लाग्दा अफ्रिका पूरै रुने अवस्थामा पुग्यो । घानालीहरू कोफी अन्नान आफ्नो मुलुकले जन्माएका गर्व गरिरहेका छन् । संविधानका यस्ता रक्षकहरू नागरिकलाई गर्वबोधमा पुर्याउँछन् र राष्ट्रिय भावनाको उन्नयन गर्दछन् । अर्को अर्थमा लोकतन्त्रलाई जीवनशैली बनाउन सक्नुमा नै संविधानको सफलता रहन्छ ।
आधुनिक समाजले लोकतन्त्रको समग्र अर्थ खोज्छ, न कि बोल्ने, संगठित हुने स्वतन्त्रता मात्र । समग्र लोकतन्त्रमा लोकतन्त्र कार्यमूलक हुन्छ, मानिसहरू आफ्नो क्षमता र सम्भावनाहरू स्वतन्त्र रूपमा उपयोग गरी भविष्यको निर्माण गर्दछन् । शिक्षा, स्वाथ्यजस्ता आधारभूत सेवा र आय, रोजगारीजस्ता सामर्थ्य अवसरहरूबाट सज्जित हुन्छ ।
समृद्धिले समर्थन गरेन भने कोरा लोकतन्त्रले केही गर्न सक्दैन र विवेकले बोल्नुपर्ने मानिस पेटले बोल्ने गर्छ । त्यसैले जननायक बीपी कोइरालाले प्रजातान्त्रिक समाजवाद भने, एन्ड्र्यू याङहरू युविआई (सार्वभौम आधारभूत आय) मा जोड दिइरहेका छन् । यस्तो विचार नराख्ने राजनीतिकर्मी एक्काइसौं शताब्दीको गतावधिक हुन् ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनमा पाको भैसकेको छैन । संविधानका भावनाहरूको निष्ठा, नैतिकता र लोकतान्त्रिक मूल्यअनुरूप कार्यान्वयन भएर नै संविधानले परिस्कृत रूप पाउँछ । स्रोत साधन र शक्तिको असल अभ्यासले संघीय गणतन्त्रलाई परिस्कृत बनाउँदै लान्छ । संघीयता हाम्रो आवश्यकता हो होइन, तर अपेक्षाको पुञ्ज पक्कै हो ।
त्यसलाई कार्यान्वयन गर्ने असल संस्कारले हो, असल राजनीतिक परिपाटीले हो । राजनैतिक व्यवस्थापन र प्राविधिक रूपमा मात्र संघीयतालाई लिइनुहुँदैन । असल शुरूआतले नै संघीयताका संरचनाहरू मजबुत हुन्छन् ।
संविधान र संघीयता कार्यान्वनका शुरूआती दिनदेखि देखिँदै आएका राजनीतिक गतिविधिहरूले राम्रो संकेत गरिरहेको छैन । संविधानका आशयविपरीत विकास र समृद्धिलाई बाटो छेक्दै आएको छ । अहमता, हठ र अकर्मण्यता बढ्दै जाँदा संविधानरूपी सुन्दर बिम्ब धमिलिँदै गएको छ । संविधान दिवसको उपलक्ष्यमा त्यो सुन्दर बिम्बलाई उजिल्याउने संकल्प गर्नु सबै सचेत नागरिकको कर्तव्य हो । (@mainaligopi)
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...