०७ असार २०८३, आइतबार

कूटनीतिज्ञ देशनिकाला प्रकरण : रुस र अमेरिकाको द्वन्द्व चर्केला ?

कात्तिक २०, २०७४
कूटनीतिज्ञ देशनिकाला प्रकरण : रुस र अमेरिकाको द्वन्द्व चर्केला ?
काठमाडौं, १५ पुस — अमेरिकामा रहेका आफ्ना ३५ कूटनीतिज्ञलाई देशनिकाला गरेकोमा रुसले कडा प्रतिक्रिया दिने बताएको छ । रुसले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गरेको आरोपमा अमेरिकाले रुसी कूटनीतिज्ञहरूलाई निष्काशन गरेको हो ।


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले रुसको कारवाहीबाट अमेरिकालाई अत्यन्तै असहज हुने चेतावनी दिएका
छन् ।

तर डोनाल्ड ट्रम्पले प्रशासन सम्हालुञ्जेलसम्मका लागि रुसले धैर्य गर्ने उनले संकेत दिए । ट्रम्पले निर्वाचनमा रुसको हात रहेको कुरालाई महत्व दिएका छैनन् ।

उता रुसले अमेरिकी निर्वाचनमा आफ्नो कुनै हात नरहेको र अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्ध आधारहीन रहेको बताउँदै आएको छ ।

बिहीवार बेलुका अमेरिकी स्टेट डिपार्टमेन्टले वाशिङटनस्थित रुसी दूतावास र सान फ्रान्सिस्कोस्थित कन्सुलेट अफिसबाट ३५ रुसी कूटनीतिज्ञलाई देशनिकाला गरेको थियो । उनीहरूलाई परिवारसहित ७२ घन्टाभित्र अमेरिका छोडिसक्न आदेश दिइएको छ ।

यससँगै न्युयोर्क र मेरिल्यान्डस्थित रुसी गुप्तचर सेवा कार्यालय पनि अमेरिकाले बन्द गराएको छ ।

रुसले डेमोक्रेटिक पार्टी र हिलारी क्लिन्टनको अभियानमाथि साइबर आक्रमण गरेको आरोपसँगै राष्ट्रपति ओबामाले रुसमाथि कडा कारवाही गर्ने प्रतिज्ञा गरेका थिए ।

यो प्रकरणसँगै अमेरिका र रुसबीचको शीतयुद्धकालीन झझल्को देखिन थालेको छ । तर ट्रम्प राष्ट्रपति भएपछि यसमा परिवर्तन आउन पनि सक्छ ।

बीबीसी

कमेन्ट गर्नुहोस्