अफगानिस्तानको राजधानी काबुलमा एकजना व्यक्तिलाई तालिबान लडाकूहरूले पोलमा बाँधेर बेस्सरी कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ ।
आइतवार शिक्षा मन्त्रालयअगाडि घटना भएको प्रत्यक्षदर्शीहरूले बताए ।
भिडियो फूटेजमा ती व्यक्ति पीडाका कारण छटपटाएको र कराएको देखिन्छ । उनलाई ट्राफिक साइनको पोलमा बाँधेर कोर्रा हानिएको थियो ।
सन् १९९० को दशकमा शासन चलाउँदा तालिबानले कठोर शरिया सजाय दिने गरेको थियो । उसले त्यसको पुनरावृत्ति गरेको छ ।