फोन चोरेको आरोपमा व्यक्तिलाई बाँधेर तालिबानले गर्‍यो कुटपिट (भिडियो)

अफगानिस्तानको राजधानी काबुलमा एकजना व्यक्तिलाई तालिबान लडाकूहरूले पोलमा बाँधेर बेस्सरी कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । 


Advertisement

आइतवार शिक्षा मन्त्रालयअगाडि घटना भएको प्रत्यक्षदर्शीहरूले बताए । 


Advertisement

भिडियो फूटेजमा ती व्यक्ति पीडाका कारण छटपटाएको र कराएको देखिन्छ । उनलाई ट्राफिक साइनको पोलमा बाँधेर कोर्रा हानिएको थियो । 

सन् १९९० को दशकमा शासन चलाउँदा तालिबानले कठोर शरिया सजाय दिने गरेको थियो । उसले त्यसको पुनरावृत्ति गरेको छ ।
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्