२४ जेठ २०८३, आइतबार

लगानीको स्रोतमाथि अर्थमन्त्रालयको स्पष्टीकरण : कालोधन लगानी गर्न नदिइने

लगानीको स्रोतमाथि अर्थमन्त्रालयको स्पष्टीकरण : कालोधन लगानी गर्न नदिइने

अर्थमन्त्रालयले स्रोतको रुपमा कुनै पनि किसिमको कालो धनलाई नेपालमा लगानी गर्न नदिइने स्पष्ट पारेको छ।

सम्पत्ति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचार वा अन्य कुनै कसुरजन्य कार्यका सम्बन्धमा सम्बन्धित कानून बमोजिम कारबाही हुने हुँदा त्यस्ता विषयहरुमा कुनै पनि किसिमको छुट नदिने मन्त्रालयले जनाएको हो।

कुनै पनि कालोधन तथा भ्रष्टाचार वा कसुरजन्य कार्यबाट प्राप्त आम्दानीको लगानीमा छुट नहुने अर्थमन्त्रालयले स्पष्ट पारेको छ।

अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशबाट आएको बजेटलाई संशोधन गर्न पेश गरेको प्रतिस्थापन विधेयकमा विसं २०८० चैत मसान्तसम्म बिभिन्न राष्ट्रिय महत्वका पूर्वाधार विकास परियोजना तथा उद्योगहरुमा गरिएको लगानीको आयस्रोत नखोजिने उल्लेख गरेका थिए।

सो बुँदालाई गलत व्याख्या गरी कालोधन खोलिएको भन्ने किसिमका प्रतिक्रिया आएकोप्रति अर्थमन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यो व्यवस्थालाई लिएर गलत व्याख्या भएकोमा  मन्त्रालयले स्पष्ट पार्दै सरकार अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्य निवारण गर्न एवं भ्रष्टाचार नियन्त्रणसम्बन्धी राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको समेत जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्