
बलिउड गायिका नेहा कक्कड अहिले दुईवटा कुरालाई लिएर चर्चामा छिन् । एउटा उनको गीत ‘काँटा लगा’ रिलिज भएको छ, जुन अहिले निकै भाइरल भइरहेको छ । अर्को हो उनी गर्भवती हुने खबर ।
केही समय पहिले नेहाले ‘इण्डियन आइडल ११’ बाट ब्रेक लिएकी थिइन् । यसपछि नेहा गर्भवती भएको चर्चा चल्यो । यद्यपि नेहाले हालै आफू र रोहनप्रित ‘बेबी’को योजना नबनाएको बताएकी छन् । तर, उनले आफूलाई कस्तो बच्चा चाहिन्छ भन्ने भने खुलाएकी छन् ।
नेहा हालै आफ्नो भाइ टोनी र र्यापर हनी सिंहको साथमा ‘सुपर डान्सर च्याप्टर ४’मा पुगिन् । यहाँ उनले बालबालिकाहरूसँग रमाइलो गरिन् र नाचिन् पनि ।
तर, एक प्रतिस्पर्धीको नृत्यबाट उनी प्रभावित भइन् । र, भनिन्– मेरो बच्चा पनि यस्तै होस् ।
वास्तवमा शो मा गुञ्जन नाम गरेकी प्रतिस्पर्धी शाहरुख खानको गीत ‘लुंगी डान्स’ मा आफ्नो दमदार प्रस्तुति दिएकी थिइन् । त्यो हेरेपछि उनले भनिन्, ‘भगवानले सबै आशीर्वाद दिउन् । मैले र रोहु (रोहनप्रित)ले अहिलेसम्म बेबी प्लानबारे सोचेका छैनौँ, तर जब मेरो बच्चा हुन्छ म चाहान्छु की गुञ्जन जस्तै होस् ।’