×

NMB BANK
NIC ASIA

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिए पछिका हरेकजसो भाषणमा आफ्ना विपक्षी नेताहरूप्रति आगो ओकलिरहेका छन् । उनले हरेक भाषणमा गालीको वर्षा गरिरहेका छन् । 

Muktinath Bank

पूर्वप्रधानमन्त्री ओलीको भाषणको निशानामा मुख्यगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पर्ने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केहीअघि उनले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई पनि गाली गर्न भ्याएका थिए ।


Advertisment
Nabil box
Kumari

भाषणमा विपक्षी नेतालाई गाली गर्न ओली मात्रै होइन अरू नेता पनि उत्तिकै माहिर छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि मौका पर्दा प्रतिस्पर्धी नेतालाई गाली गर्न पछि पर्दैनन् । 

Vianet communication
Laxmi Bank

गालीयुक्त भाषणमा उत्तिकै रमाउने अर्का नेता हुन्, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई । उनको भाषणमा पनि प्रचण्डदेखि केपी ओलीसम्मलाई गाली गरिएको, लाञ्छना लगाइएको हुन्छ ।  

भाषणमा तथ्य राखेर तर्क प्रस्तुत गर्ने, विचारको बहस र मन्थन गर्ने र कार्यकर्तालाई तर्कयुक्त बहसमा प्रेरित गर्ने नेताहरू कमै छन् । दोस्रो, तेस्रो पुस्ताका नेताहरू समेत अग्रजलाई अनुसरण गर्दै गालीयुक्त भाषणमा रमाइरहेको देखिन्छ । 

एमालेका अध्यक्ष ओली कार्यकर्तालाई आश्वस्त पार्नेभन्दा पनि किस्सा जोडेर उद्देलित गर्ने प्रयास गर्छन् । उनी सहभागी भएका कार्यक्रममा ओलीको गालीयुक्त भाषणलाई गडगडाहट तालीले स्वागत गरिन्छ । विभिन्न किस्सा जोडेर गरिएको गालीमा रमाउनेको जमात पनि ठूलै छ ।

ओलीका गालीयुक्त भाषणका केही अंश हेरौं– 

गत शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा अनेरास्ववियुको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र माधव नेपाललाई मधुकैटभ दैत्यसँग तुलना गरे । 

प्रचण्ड र माधवलाई लक्षित गर्दै उनले भनेका थिए, ‘मधुकैटभले पनियति वितण्डा मच्चाएका थिएनन् । तपाईंहरूले शास्त्रमा सुन्नुभएको होला । मधुकैटभ भन्ने दुईटा राक्षसहरू जन्मिएका थिए, कानेगुजीबाट निस्किएका । तिनीहरूले उपद्रो मच्चाएका थिए । प्रचण्ड र माधव भन्ने मधुकैटभले पार्टीमा उपद्रो मच्चाए र संसद् विघटन गर्नुपर्‍यो ।’ उक्त भाषणमा ओलीले दुईपटक गरेको संसद् विघटनको दोषी प्रचण्ड र नेपाललाई करार गर्ने प्रयास गरेका थिए । त्यही दिनको भाषणमा ओलीले प्रचण्ड र नेपाल कम्युनिस्ट हुनै नसक्ने ठोकुवा गरे । 

उनले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबबहादुर केसीलाई पनि बाँकी राखेनन् । गण्डकी प्रदेशमा जनमोर्चाका सांसदले कांग्रेसलाई साथ दिएर एमाले नेतृत्वको सरकार ढालेको रिस उनले त्यो भाषणमा पोखेका थिए ।  

ओलीले भनेका थिए, ‘चित्रबहादुर केसी कालो गोरूलाई चुनाले पोतेर भन्दै कथा त हाल्थे । कालो गोरूलाई चुनाले पोतेर सेतो देखिएका रहेछन् भन्ने कुरा त कांग्रेसको पछि लाग्दा थाहा भयो नि त ।’ 

ओलीले शनिबार प्रचण्ड र नेपाललाई पहिलोपटक मधुकैटभ भनेका होइनन् । त्यसअघि भदौ १२ मा ललितपुरमा युवा संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले त्यस्तै आशयको अभिव्यक्ति दिएका थिए । 

त्यसबेला, पार्टी एकता गरेर देशभर नेकपाको नेतृत्वमा प्रतिनिधि हावी गराएको देख्न नसकेर पार्टी विभाजनसम्म गरेको आरोप ओलीले लगाएका थिए ।

‘त्यो स्थिति सहन नसकेर पार्टी फुटाउने, सरकार गिराउने, प्रदेश प्रदेशमा एमालेको सरकार बन्न नदिने, बनेकोलाई काम गर्न नदिने । त्यस्ता खालका कुलंगार नेताहरू यस पार्टीमा जन्मिए । लामो समयसम्म मधुकैटभले जस्तो दुःख दिएर, कमलको फूल हल्लाएर, सूर्य चिह्नलाई धक्का दिएर, हँसिया हथौडालाई धुजाधुजा पारेर, हाम्रो यात्राको बाटोमा खाल्डाखाल्डा खनेर लामो समय दुःख दिएर, अस्तिका दिन त पूर्जा लिए क्यारे दलको ! कस्तो बुद्धि होला ?,’ ओलीले भनेका थिए ।

ओलीका भाषणहरूमा सत्ताबाट बाहिरिनु परेको र पार्टी फुटेको आक्रोशको अभिव्यक्ति झल्किने गरेको छ । ओलीसँग भाषणबाटै आफ्ना विरोधीलाई चसक्क हुने गरी अभिव्यक्ति दिने खुबी छ । उनले अभिव्यक्तिमा टुक्का र किस्सा मिसाएको खुबै मन पराएर सुन्ने र हाँसेर उनलाई साथ दिने ठूलो जमात उनी सहभागी हुने कार्यक्रममा हुने गर्छ । कार्यक्रमका सहभागीले हाँसेर तालीले साथ दिएपछि ओली झन् उत्साहित भएर गालीको वर्षा गर्न थाल्छन् । 

ओलीसँग करीब दुई वर्ष एउटै पार्टीमा काम गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि गालीयुक्त भाषणमा उत्तिकै अब्बल छन । 

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सूर्यनाथ यादवको स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले ओलीको आलोचना गर्दै भनेका थिए, ‘केपी ओली छन् नि झुट बोल्न त्यत्तिको सिपालु मान्छे शायद नेपालमा अरू छैनन् । धोकैधोकाको छ तिनको जीवन, तर सजिलै अर्कोलाई धोकेवाज भन्छन् । केपी ओलीले उखान टुक्का भन्दा ताली बजाउने देखेर हैरान हुन्छु । के बुझेर ताली लाउँछन् मानिसले ?’

त्यसबेला प्रचण्डले बालुवाटारबाट निकालिँदा पनि ओली बाजा बजाएर बालकोट गएको भन्दै टिप्पणी गरेका थिए । 

उनले भनेका थिए, ‘हुन त केपी त्यस्ता मान्छे हुन् जो मलामी जाँदा नि बाजा बजाउँदै नाच्दै हिँडिदिन्छन् । मान्छे दंगै पर्छन्, किनभने बालुवाटारबाट बालकोट जाने भनेको त हारेको, सन्नाटा भएर बडो निराश भएर अब के गर्ने ? फेरि कसरी आउने होला ? भनेर सोच्दै जानुपर्नेमा पञ्चेबाजा बजाएर, धिमे बाजा बजाएर मानौं ठूलो जीत हासिल गरेको जस्तो ।’

प्रचण्ड र माधव नेपालले ओलीले जस्तो व्यक्तिगत तबरमा उत्रिएर गाली गलौज भने गरेका छैनन् । 

साउन ७ मा केपी ओलीले माधव नेपाल समूहलाई आममाफी दिएको घोषणा गरेपछि त्यसको जवाफमा नेपालले ओलीलाई श्री ५ मडामहाराजको उपमा दिएका थिए । 

साउन ९ मा ओलीलाई जवाफ फर्काउँदै नेपालले भनेका थिए, ‘महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरूलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयौं !’

माधव नेपालले साउन १० गते प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एमाले सांसद नारदमुनी राना थारुलाई लक्षित गर्दै ‘प्रतिगमनका मतियार’ बाहिर गइहाल्नुस् भने । यो अभिव्यक्ति कुनै एक समुदायका सांसदलाई अपमानित गर्नेगरी आएको भन्दै प्रतिनिधि सभा बैठकमा गंगा चौधरीले आपत्ति जनाइन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको धेरैजसो भाषण भने केपी ओलीलाई गाली गर्नमा केन्द्रित हुने गरेका छन् । माइक्रो ब्लगिङ साइट ट्वीटरमा सक्रिय भट्टराई आफ्नो ट्वीटमा पनि उत्तिकै गालीयुक्त भाषा प्रयोग गर्ने गरेका छन । 

भट्टराईले एमाले अध्यक्ष ओलीलाई ‘भस्मासुर’ प्रवृत्तिका व्यक्ति भनेर गाली गरेका थिए । गत वैशाखको दोस्रो साता भट्टराईले रेडियो नेपालको एउटा अन्तर्वार्तामा ओलीलाई भस्मासुरको संज्ञा दिएका थिए । त्यसयता उनले संसद्को भाषणमा होस् या ट्वीटरमा यही बिम्ब प्रयोग गरिरहेका छन । 

भट्टराईले भनेको ‘भस्मासुर’ पौराणिक कथाअनुसार शकुनीका पुत्र बृकासुर हुन् । उनी कपटी स्वभावका असुर थिए । उनको वास्तविक नाम वृकासुर भए पनि शक्तिको दुरुपयोग गर्न खोज्दा आफैँबाट भस्म भए र मृत्युपछि उनको नाम भस्मासुर हुन गएको थियो ।

राजनीतिक दलका शीर्ष नेताहरूले अपनाएको भाषणको शैली ती पार्टीका अर्को पुस्ताका नेता र कार्यकर्ताहरूले हुबहु अनुशरण गर्ने गरेका छन । गाली गलौजयुक्त भाषण गर्दा ताली पाइने र चर्चित पनि भइने मनोविज्ञान राजनीतिक कार्यकर्ता तहमा पनि पाइन्छ  । 

कम्युनिस्ट नेताहरू मात्रै होइन कांग्रेसका नेताहरू पनि गाली गलौजयुक्त भाषणमा उत्तिकै प्रखर छन् ।  राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘कांग्रेसका नेताहरूले त पहिलेदेखि नै गाली गर्दै आएका हुन् । कांग्रेसले अहिले पनि आफ्नो संस्कृतिलाई ज्यूँकात्यूँ राखेको छ । सबै पार्टीमा आमरूपमा गालीगलौजको संस्कृति स्थापित छ ।’

२००७ साल यताका राजनीति नेतालाई हेर्ने हो भने अहिले राजनीतिक नेतृत्वमा रहेका नेताले जस्तो अघिल्लो पुस्ताका नेताले गालीको संस्कार अपनाएनन् । नेपाली राजनीतिका शिखर पुरुष बीपी कोइराला उनका अभिव्यक्तिमा सधैं विनम्र सुनिएको वरिष्ठ पत्रकार पुरूषोत्तम दाहाल बताउँछन् । 

‘मैले संगत गरेको व्यक्तिहरू मध्ये वीपी कोइरालाका अभिव्यक्ति विनम्र हुन्थे । मैले उहाँसँग थोरै समय मात्रै संगत गरे । उहाँ आफ्ना कुरामा अडान राख्नुहुन्थ्यो र व्यक्तिलाई सम्मानपूर्वक विनम्र रूपमा बोल्ने गर्नुहुन्थ्यो’, दाहालले भने । 

त्यसबाहेक, कम्युनिष्ट पृष्ठभूमिका अग्रज नेताहरूको अभिव्यक्ति पनि शालीन हुने गरेको श्रेष्ठ बताउँछन् । नेपालमा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले आफ्नो अभिव्यक्तिमा कसैलाई गाली नगरेको श्रेष्ठले बताए । 

‘विगतमा पुष्पलालले कसैलाई गाली गरेनन् । नेता अमर लामाले गाली गरेको इतिहास भेटिँदैन । आफ्नो आलोचना राखेका छन् तर संयमित ढंगले प्रस्तुत भएका छन् । मदन भण्डारी र मनमोहन अधिकारीले पनि कहिल्यै गाली गरेको देखिँदैन’, उनले भने । 

मदन भण्डारीका अभिव्यक्ति अहिले पनि उत्तिकै चर्चित छन । वाक कलामा निपुण भण्डारीको जोडदार अभिव्यक्ति हुन्थ्यो, तर उनले गाली गलौजको भाषा भाषणमा प्रयोग गरेको भेटिँदैन । उनका भाषणले कार्यकर्ता र समाजलाई पनि जुरूक्क उठाउन सक्थ्यो । तथ्य र तर्कले आफ्ना कुरा स्थापित गर्ने प्रयास भण्डारीको हुन्थ्यो । 

अहिले पनि विनम्रतापूर्वक तथ्य र तर्कको आधारमा आफ्ना अभिव्यक्ति राख्ने केही नेताहरू भएको श्रेष्ठ बताउँछन् । 

वरिष्ठ पत्रकार तथा विश्लेषक दाहाल नेताका दुरासयपूर्ण अभिव्यक्तिले समाजलाई नकरात्मक प्रवृत्तितर्फ डोर्‍याउने चिन्ता व्यक्त गर्छन् ।

‘नेता भनेको समाजको नेतृत्व गर्ने, बाटो देखाउने, अघि लागेर समाजलाई प्रकाश दिने हुनुपर्छ, तर सामान्यत सामाजिक सम्मानमा प्रयोग गर्न नहुने शब्द नेताहरूले भाषणमा प्रयोग गर्ने गरेका छन्’, दाहालले भने । 

उनले भने, ‘नेताले प्रयोग गर्ने शब्द विनम्र र विश्वसनीय हुनुपर्छ । तर, नेतामा अहंकार र आडम्बरयुक्त चरित्र छ ।’

राजनीतिक विश्लेषक श्रेष्ठ भने नेताहरूमा रहेको मनोवैज्ञानिक लघुताभाषको कारण उनीहरूले गालीगलौज युक्त भाषण गर्ने गरेको बताउँछन् । 

नेताका अभिव्यक्तिले समाजमा बढ्छ नकरात्मक प्रवृत्ति

पुरूषोत्तम दाहाल, वरिष्ठ पत्रकार तथा विश्लेषक

नेता भनेको समाजको नेतृत्व गर्ने, समाजलाई बाटो देखाउने व्यक्ति हो । नेता शब्दको अर्थ अगाडि लागेर समाजलाई लिएर जाने, समाजलाई प्रकाश दिने भन्ने हुन्छ । नेताहरूले भाषणमा प्रयोग गर्ने शब्दहरू आफैँमा अत्यन्त दुरासयपूर्ण हुने गरेका छन् । ती शब्दहरू सामान्यतया समाजमा सम्मानका लागि प्रयोग गरिँदैनन् । नेताहरूले त्यस्ता शब्दहरू प्रयोग गर्नुहुन्छ । 

नेताले गरेको काम अरू मान्छेका लागि उदाहरण बन्न सक्नुपर्छ । बोलीले पनि उदाहरण प्रकट गर्नसक्नुपर्छ । भोलिको पुस्ताले फलानो नेता यति शिष्ट शैलीमा यसरी अभिव्यक्ति दिन्थे, यति विनम्र थिए भनेर सिक्ने खालको हुनुपर्ने हो । हाम्रा नेताहरूले त्यो मानक स्थापित गर्न सकेका छैनन । 

नेपाली समाज अन्य देशको समाजभन्दा भिन्न छ । विनम्र छ । अहंकार र विवेकहीन आडम्बर व्यक्तिमा निहित भएर केही कुरामा उपदेश दियो भने त्यो खराब हो । त्यस्तो चरित्र नेपालका नेतामा देखिन्छ । 

अर्को कुरा, नेताको शब्द विश्वसनीय हुनुपर्छ । उनले प्रयोग गरेको शब्द आम नागरिकले विश्वास गर्ने खालको हुनुपर्छ । हाम्रा नेताहरू आज एउटा कुरा भन्नुहुन्छ, तथानाम गाली गर्नुहुन्छ, भोलि फेरि स्वार्थको निम्ति तत्काल अँगालो मार्नुहुन्छ । उहाँहरू कसलाई किन के भन्दै हुनुहुन्छ भन्ने थाहै हुँदैन । आवेगमा जे मन लाग्छ, त्यही भन्नुहुन्छ, भोलि स्वार्थको प्रश्नमा एकाकार हुनुहुन्छ, अंकमाल गर्नुहुन्छ । नेतृत्वमा बस्नेहरूको भाषिक, व्यावहारिक विश्वसनीयता अत्यन्त कमजोर भएको देखिन्छ । 

आज गाली गरे पनि भोलि मिलिहालिन्छ भन्ने मान्यता पनि देखिन्छ । एकले अर्कालाई अपमान गर्ने र अपमानपछि एक ठाउँमा उभिने सहमति पनि गर्न सक्छन् । उहाँहरू राजनीतिमा स्थायी शत्रु हुँदैन भन्नुहुन्छ । उहाँहरू स्थायी मित्र र स्थायी शत्रुको परिभाषा नै बदलिरहनुभएको छ ।

स्थायी मित्र र स्थायी शत्रु भनेको व्यक्ति हो कि, उसको व्यवहार हो कि, व्यक्तिको सम्बन्ध हो कि, अभिव्यक्ति हो कि, व्यक्तिको योग्यता हो कि त्यससँग जोडेर पो परिभाषित गर्नुपर्छ । कसैलाई अवसर पर्दा उहाँहरू राजनीतिमा स्थायी शत्रु हुँदैन भन्नुहुन्छ । उहाँहरूलाई मन लाग्यो, सजिलो भयो भने स्थायी मित्र र स्थायी शत्रु हुँदैन भन्नुहुन्छ । कसैलाई गाली गर्नुपर्‍यो भने प्रेम र युद्धमा जे पनि हुन्छ भनिदिनुहुन्छ ।

मैले संगत गरेको व्यक्तिहरू मध्ये वीपी कोइरालाका अभिव्यक्ति विनम्र हुन्थे । मैले उहाँसँग थोरै समय मात्रै संगत गरे । उहाँ आफ्ना कुरामा अडान राख्नुहुन्थ्यो र व्यक्तिलाई सम्मानपूर्वक विनम्र रूपमा सम्बोधन गर्नुहुन्थ्यो ।

सबैले पञ्चहरूलाई गाली गरिरहेका थिए । वीपी कोइरालाले किन पञ्चहरू र पञ्चायतलाई गाली गर्दैनन् भनेर प्रश्न गर्न थालेपछि उहाँले एक वाक्यमा ‘मरेको घोडालाई चाबुक लगाएर हिँड्ने काम गर्नुहुन्छ र ?’ भन्नुभयो । विनम्रतापूर्वक दिने उत्तर निकै फरक हुन्छ, तर्कपूर्ण हुन्छ । जथाभावी हुँदैन । तर, अहिले जथाभावी हुन्छ । 

केपी ओलीले माधव नेपाललाई देशद्रोही राष्ट्रद्रोही भन्नुभयो । उहाँले यस्तो अभिव्यक्ति दिने बेलामा ओली आफैँ प्रधानमन्त्री हुनुहुन्थ्यो । पार्टी अध्यक्ष पनि हुनुहुन्थो । यदि माधव नेपाल देशद्रोही र राष्ट्रघाती हुन् भने उनलाई त कारवाही पो गर्नुपथ्र्यो त ! प्रधानमन्त्रीको काम कसैलाई देशद्रोही हो कि देशद्रोहीलाई कारवाही गर्ने हो ? माधव नेपाल देशद्रोही हुन् भने उनलाई नयाँ पार्टी दर्ता गर्न दिन मिल्छ ? यसरी खुलेआम हिँड्न दिन मिल्छ ? प्रधानमन्त्रीलाई अरूले पनि भन्नुभयो । उहाँहरू पनि जिम्मेवार हुनुहुन्थ्यो होला । कहिले भारतको बुई चढेको भन्नुभयो । भारतपरस्त भन्नुभयो । 

अनेक उखानटुक्का जोडेर मान्छेलाई गाली गर्न चाहिँ केपी ओलीलाई समकालीन राजनीतिमा कसैले भेट्दैन । अरू नेताले पनि जथाभावी गाली गरि नै रहनुभएको छ । यसले समाजलाई नकरात्मक प्रवृत्तितर्फ लैजान्छ । नयाँ पुस्तालाई पनि यसले प्रभावित पारिरहेको हुन्छ । समाज पनि त्यस्तै कुरामा बहकिँदै गइरहेको हुन्छ ।

हुन त यसो भन्यो भने मान्छेले उडाउन बेर लाग्दैन । अहिले पनि प्लेटोको आइडियल स्टेटमा जस्तो शासकको परिकल्पना गर्ने बेवकूफहरू भन्न पनि सक्छन् । तर, यो बेवकूफी होइन । परिवर्तनको संस्कार कसरी बसाउने र नयाँ पुस्तालाई कस्तो राजनीतिक संस्कार हस्तान्तरण गर्ने भन्ने ठूलो कुरा हो ।

गालीयुक्त भाषण सांस्कृतिक र वैचारिक न्यूनताको परिणाम

श्याम श्रेष्ठ, राजनीतिक विश्लेषक 

गाली गलौजयुक्त भाषण आउनुको कारण सांस्कृतिक र वैचारिक न्यूनता हो । नेताले गालीगलौज गर्न थालेपछि कार्यकर्तामा गालीगलौजको संस्कृति मौलाउँछ । सबैले गाली नै गर्न सिक्छन् । कसैलाई सम्मान गर्नुनपर्ने, कसैलाई आदर्शसहित हेर्नुनपर्ने, अर्कोलाई मुखभरीको गाली गरे हुने संस्कृति स्थापित हुन जान्छ । 

नेताको गलत भाषा छनौटले समाजमा विकृति आउँछ । राजनीतिक कार्यकर्तामार्फत आम समाजले नै गाली गर्न सिक्छ । सम्मानको संस्कृति समाप्त हुन्छ । समाजमा आम रूपमा विकृति र द्वेषको संस्कृति छाउँछ । 

नेताले थाहा पाएर, बुझेर गाली गलौजयुक्त भाषण गर्ने गरेका होइनन् । उनीहरू जागेका थिए भने त्यस्तो शैली रोज्दैनथे । नेताहरू पदले ठूला भए, विचार र संस्कृतिले ठूलो हुन सकेनन् । केपी ओली पदले ठूला हुुन्, उनी गाली गर्न माहिर छन् । प्रचण्ड पहिला त्यतिसारो गाली गर्दैनथे अहिले उनले पनि सिकेका छन् । 

कांग्रेसका नेताहरू त पहिलेदेखि नै गाली गर्दै आएका हुन् । कांग्रेसले अहिले पनि आफ्नो संस्कृतिलाई ज्यूँकात्यूँ राखेको छ । सबै पार्टीमा आमरूपमा गालीगलौजको संस्कृति स्थापित छ । 

नेताहरूको मनोवैज्ञानिक लघुताभाषको कारणले पनि यस्तो भएको हो । अरूलाई होच्याएपछि आफू ठूलो देखिन्छ भन्ने मनोविज्ञान भएको पनि हुनसक्छ । आफू अरूभन्दा उन्नत भएको कारणले अगाडि होइन कि अरूको खुट्टा तानेर अगाडि भएको ठान्ने प्रवृत्तिले पनि यस्तो भएको हो ।

अहिले पनि विनम्र शैलीमा आफ्ना कुरा राख्ने नेताहरू नभएका होइनन् । विगतमा पुष्पलालले कसैलाई गाली गरेनन् । नेता अमर लामाले गाली गरेको इतिहास भेटिँदैन । आफ्नो आलोचना राखेका छन्, तर संयमित ढंगले प्रस्तुत भएका छन् । मदन भण्डारी र मनमोहन अधिकारीले पनि कहिल्यै गाली गरेको देखिँदैन । 

२०६२/६३ को जनआन्दोलनको समयमा पनि नेताहरूले एकअर्कालाई गाली गरेको पाइँदैनथ्यो । सबै मिलेर आन्दोलन गरेको हुनाले गालीको संस्कृति कम भएर गएको थियो । जब राजनीतिक विग्रह आउँछ, त्यसपछि नेताहरूमा गालीको उन्माद देखिने गरेको छ । राजनीतिक सहकार्यको संस्कार भयो एकले अर्कोलाई गाली गर्ने प्रवृत्तिमा पनि कमी आउन सक्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x