०५ असार २०८३, शुक्रबार

यमनमा सैन्य कारवाहीमा ३० भन्दा बढी हुथी विद्रोहीको मृत्यु

असोज ५, २०७८
यमनमा सैन्य कारवाहीमा ३० भन्दा बढी हुथी विद्रोहीको मृत्यु

यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा सोमवार साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारवाहीका क्रममा कम्तीमा पनि ३० जना हुथी विद्रोहीहरूको ज्यान गएको सरकारी सेनाले सोमवार जानकारी दिएका छन् ।  

साउदी अरेबियाको नेतृत्वमा रहेको यमनी सेनाले उक्त क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरू रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो । 

उक्त हवाई आक्रमणमा ३० जना भन्दा बढी हुथी विद्रोही मारिएको बताइएको छ । उक्त प्रान्तमा यसअघि पनि समय समयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको छ पनि बताइएको समाचारमा उल्लेख गरिएको छ ।

साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।

salt training

कमेन्ट गर्नुहोस्