०९ असार २०८३, मंगलबार

मुआब्जा नदिए सडक बिस्तार गर्न नदिइने

कात्तिक २०, २०७४
मुआब्जा नदिए सडक बिस्तार गर्न नदिइने


काठमाडौँ, ३ असार - काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले ठेक्का सम्झौता गरेको सडक बिस्तार मुआब्जा नदिइ गर्न नदिनेमा नगरपालिकाका जननिर्वाचित प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।sadak

जोरपाटी–सुन्दरीजल सडक बिस्तार सरोकार समितिले आज गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई बधाई एवम् शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा निर्वाचित प्रतिनिधिले सडक किनारमा बनेका घरको मुआब्जा दिएर मात्र बिस्तार अघि बढाउन माग गरे ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, प्रमुख सल्लाहकार दीपक रिसाल, सङ्घर्ष समितिका अध्यक्ष सरोजकुमार श्रेष्ठ र वडाध्यक्षले मुआब्जा दिएर मात्र बिस्तारको काम गर्नुपर्नेमा जोड दिए ।

जोरपाटी–सुन्दरीजल सात किमी सडक बिस्तारका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरण र काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले चिह्न लगाई ठेक्का सम्झौता हुँदा पनि काम अघि बढ्न सकेको छैन । आयोजना प्रमुख दीपक केसीले ठेक्का लागेको डेढ वर्षसम्म पनि विभिन्न किसिमका दबाबले काम अघि बढाउन नसकिएको स्वीकार गरे । रासस

salt training

कमेन्ट गर्नुहोस्