०४ असार २०८३, बिहीबार

माओवादी अब नयाँ शिराबाट अघि बढ्छ : प्रचण्ड

असोज ५, २०७८
माओवादी अब नयाँ शिराबाट अघि बढ्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्म समीक्षासहित रूपान्तरित भएर पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताएका छन् ।

पार्टीको गण्डकी प्रदेश कमिटीले आज साँझ आयोजना गरेको भर्चुअल प्रशिक्षण कार्यक्रममा उनले पार्टीको आन्तरिक एकता बलियो बनाउँदै पुनः देशको पहिलो पार्टी बनाउने गरी क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरे । पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढेको भन्दै अध्यक्ष   दाहालले भने,

माओवादी जहिले पनि उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका पक्षमा रहेकाले माओवादीको तुलना अन्य पार्टीसँग हुन नसक्ने भनाइ अध्यक्ष दाहालको छ । जनताले एमसीसी नरुचाएको भन्दै यथास्थितिमा पारित हुने अवस्था नरहेको र यसलाई पुनःपरिभाषित गर्नुपर्ने पक्षमा माओवादी रहेको उनले उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्