०१ असार २०८३, सोमबार

तालिबानलाई सार्क बैठकमा ल्याउनका लागि पाकिस्तानको जोड, अन्य सदस्यले मानेनन्

असोज ६, २०७८
तालिबानलाई सार्क बैठकमा ल्याउनका लागि पाकिस्तानको जोड, अन्य सदस्यले मानेनन्

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क मुलुकहरूको बैठक यही शनिवार बस्नुपर्नेमा तालिबानलाई सहभागी गराउने विषयमा विवाद भएपछि रद्द गरिएको छ । 

भारतीय समाचार संस्था एएनआईका सूत्रहरूका अनुसार, पाकिस्तानले न्युयोर्कमा हुने यस बैठकमा अफगानिस्तानका प्रतिनिधिका रूपमा तालिबान नेतालाई समावेश गराउनुपर्ने माग राख्दा अन्य सदस्यले आपत्ति जनाए । आम सहमति नबनेपछि बैठक रद्द गरिएको छ । 

सार्कका अन्य सदस्य बैठकमा अफगानिस्तानको प्रतिनिधिको कुर्सी खाली राख्न चाहन्थे । तर तालिबान प्रतिनिधिलाई पनि समावेश गर्नुपर्ने भनी पाकिस्तानले अड्डी कसेको थियो । 

संसारका प्रमुख देशले तालिबानलाई मान्यता नदिइसकेकाले औपचारिक बैठकमा तालिबान प्रतिनिधिलाई सहभागी गराउन अन्य मुलुकहरू हच्किएका हुन् । 

तालिबान सरकारका धेरै मन्त्रीहरूलाई संयुक्त राष्ट्रसंघले कालो सूचीमा राखेको छ । परराष्ट्रमन्त्री आमिर खान मुतक्की राष्ट्रसंघको कार्यक्रममा भाग लिन पाउँदैनन् । 

तालिबानसँग पाकिस्तानको पुरानो सम्बन्ध छ र उसले तालिबानलाई सहायता गर्दै आइरहेको छ । अफगानिस्तानमा तालिबानको सरकार पुनः बन्नमा पाकिस्तानको सहयोग रहेको बताइन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्