२४ जेठ २०८३, आइतबार

हत्याका दोषी र बाँके प्रहरी प्रमुखलाई कारवाहीको माग गर्दै नेपालगञ्ज-काठमाडाैं पैदल यात्रा !

हत्याका दोषी र बाँके प्रहरी प्रमुखलाई कारवाहीको माग गर्दै नेपालगञ्ज-काठमाडाैं पैदल यात्रा !

नन्कुन्नी धोबी र निर्मला कुर्मीका लागि न्याय माग्दै शुरू भएको नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदल यात्रा तय गरेको टोली दाङ पुगेको छ । 

राष्ट्रिय महिला अधिकार मञ्च बाँकेको आयोजनामा असोज १ गते पैदल यात्रा शुरू गरिएको थियो । 

उनीहरूले घरेलु हिंसापीडित नन्कुन्नी धोबी तथा विधवा महिला निर्मला कुर्मीको हत्यामा संलग्न सबै दोषीहरूलाई कारवाही हुनुपर्ने र बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी तथा डीएसपी मधुसुदन न्यौपानेलाई विभागीय कारवाहीको माग गरेका छन् । 

धोबी र कुर्मीको न्यायका लागि बाँकेमा १९ दिनसम्म धर्ना दिइएको थियो । तर, माग सुनुवाइ नभएपछि दबाबमूलक पैदल यात्रा तय गरिएको महिला अधिकार मञ्चले जनाएको छ । 

उनीहरूले हत्याका दोषीहरूलाई प्रहरीले राजनीतिक दबाबमा संरक्षण गरिरहेको आरोप लगाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्