
मान्छेको पहिचानका लागि नाम राखिएका हुन्छन् तर कसैकसैले माया गरेर छुट्टै नामले पनि बोलाउने गर्छन् ।
बेलायतमा अफिसभित्रै महिला कर्मचारीलाई लभ, हनी, स्वीटी, बेबी भनेर बोलाउने कर्मचारीलाई बर्खास्त गरिएको छ । बर्खास्तीमा परेका कर्मचारीले अदालतमा अपिल समेत गरे ।
ती कर्मचारीको अपिललाई खारेज गर्दै अदालतले बर्खास्तीको निर्णयलाई सही ठहर्याएको छ ।
‘द सन’मा प्रकाशित रिपोर्टअनुसार मेनचेस्टरमा कर्मचारी माइक हर्टले आफ्नो अफिसमा काम गर्ने महिला कर्मचारीलाई अर्कै नामले बोलाउने गरेका थिए । त्यसपछि महिला कर्मचारीले हाकिमसँग गुनासो गरेपछि उनलाई बर्खास्त गरियो । ती कर्मचारीको व्यवहारबाट महिला कर्मचारी असन्तुष्ट थिए ।
मुद्दा परेपछि अदालतले अफिसमा महिला कर्मचारीलाई अरु मन नपर्ने नामले बोलाउनु गलत भएको ठहर गरेको छ । अदालतले अफिसमा महिलालाई स्वीटी, हनी, बेबी जस्ता शब्दले बोलाउनु गलत भएको ठहर गरेको छ ।
अदालतबाट दोषी पाइएका माइक हर्टले आफूले महिलालाई मात्रै नभई पुरुषलाई पनि यस्तै नामले बोलाउने गरेको दाबी गरे । उनले आफ्नो गलत मनसाय नरहेको दाबी गरेका छन् । तर अदालतले उनको दाबीलाई स्वीकार गरेन ।